back
CTIZAN AD

छन्द कविता : गर्न सेवा छ ध्यान

वि.सं.२०७९ चैत ११ शनिवार

783 

shares

अविचल आस्था मणि, म्याग्दे, तनहुँ

१.
सरल समय चेष्टा, भर्छ आनन्द झोली
हर कदम चलेको, डाक्छ साहित्य लोली
उदित किरण सङ्लो खेल्न गट्टा बटोली
हृदय द्रवित पार्छन्, आँत आत्मा टटोली ।
२.
अनुभव जति जम्मै गर्न सेवा छ ध्यान
झलमल छ बनेको सौम्य बान्की इमान
समय रथ छ बन्दै कीर्तिमानी विमान
अजर अमर यात्रा खोल्छ नौलो बिहान ।
३.
मगमग नव बास्ना निस्किए पुष्पराज
असल मति बनेका चेतनामा विराज
अनुपम क्षमतामा गर्दछन् कार्य सिद्धि
अचम गजब सङ्ला पेश गर्छन् प्रसिद्धि ।
४.
हर हरफ म पढ्दा पुग्छु आकाशमाथि
मुसुमुसु म छु हाँस्दै वेदना भाग्छ लाछी
निडर रसिक स्रष्टा सत्य सम्मान ढाँचा
गणितमय बनेको प्रेममा लाग्छ टाँचा ।
५.
चहलपहल प्रष्टै खुल्दुली पूर्ण आँखा
अगलबगल उस्तै मोहनी मन्त्र भाखा
वचन अजर स्रष्टा शोध सन्धान गर्छन्
अमर उचित थाली पुष्प उद्यान भर्छन् ।
६.
समुचित महिमाको अर्थ खोजी मिलाए
सुरभित गरिमा यो स्वच्छ रोजी दिलाए
उकुसमुकुस भागे, स्वस्थ आस्था उघारी
नयन तब जुधेका खेल्न थाल्छन् जुहारी ।
७.
हरफ हरफ पढ्दा पुग्छु आकाश– गङ्गा
सररसर हवामा, खान्छु कावा म चङ्गा
सरल नियम बाँधे, मासियो हूलदङ्गा
वन कुसुम फुलेका रङ्गिए फूल थुङ्गा ।
८.
सलल सलल बग्ने छालको भित्र भित्र
कविमन कविताका झुल्किएको पवित्र
अथकित पद यात्रा शैलका टाकुरामा
अभिनव मन देखेँ व्यासको आँकुरामा ।
९.
अभिनय कति राम्रो श्रेष्ठ चाला सधन्य
पुलकित पुतली छन् नाचमा अग्रगन्य
प्रसरित लय बास्ना शुभ्र आदित्य बेली
हरफ हरफ फुल्छन् आज चम्पा चमेली ।
१०.
अति मधुर छ भाका शारदाको सुसेली
झटपट तब तारा झार्न ताक्छन् गुलेली
रविकिरण चढेका खेल्न थाले सुरेली
भुरुरु भुरुरु उड्छिन् कल्पना झैं जुरेली ।
११.
छलकपट बिनाको जिन्दगी हुन्छ यात्रा
हरफ हरफ पढ्ने गर्छ निम्तो नियात्रा
अभिनव सपनामा विश्व ब्रह्माण्ड पार
सजधज छ गरेको प्रेम माला बहार ।

छन्द – मालिनी

वि.सं.२०७९ चैत ११ शनिवार ०९:२७ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...