back
CTIZAN AD

गजल

वि.सं.२०७९ चैत ११ शनिवार

885 

shares

भुपाल बहादुर अधिकारी, बिराटनगर

चलेछ प्रेमिल सफर नदीको बहाव जस्तो
भएछ मेरै निमित्त खुल्ला किताब जस्तो

बनेछु झनझन म लठ्ठ तिम्रो नजर नियाल्दा
पिएछु पानी अचेल लाग्यो सराब जस्तो

हरेक पलपल डुबाऊ प्रणय सुवास भित्र
बनेछ जीवन कतै फुलेको गुलाब जस्तो

कता हराए कता बिलाए म भित्र आफै
तिमी नहुँदा हुनेछ के के अभाव जस्तो

तिमी पठाऊ तिमी बुझाऊ तिमी बताऊ
भएछु बिग्रेर एक गल्ती हिसाब जस्तो

बहर : जमिल मुसद्दस सालीम
अर्कान : १२१ २२ १२१ २२ १२१ २२

वि.सं.२०७९ चैत ११ शनिवार ०९:२८ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...