
मोहन गौतम, सिक्किम, भारत
तिमी त बादल बनेर उड्छौ, म झर्छु पानी झरी भएर
सिँचाइ गर्दै यो लोकलाई, मेटाई तिर्खा नदी भएर
लगाई बाली सह्यार्छु आफैँ, मकै र कोदो फलेर झुल्छन्
ससाना बाछा मेलो लगाएँ, फुटाएँ बाँझो हली भएर
अजान आफू भएर रोएँ, अशान्ति छायो भएन शान्ति
प्रयास व्यर्थै गएछ मेरो, प्रकाश छर्ने टुकी भएर
समुद्र जस्तै बनाई छाती, चिसो र गर्मी सहेर बाँचौँ
हसाऊँ हासौँ मिलेर नाचौँ, हुँदैन साह्रै दुखी भएर
म भोक तिर्खा सही रहन्थेँ, बलिन्द्र धारा बही रहन्थ्यो
छ आज टन्नै परेछ चिट्ठा, रमायो मोहन खुसी भएर
बहरः– जमील
अर्कानः– १२१२२÷१२१२२÷१२१२२÷१२१२२
कफियाः– ई
रदिफः– भएर