back
CTIZAN AD

गजल

वि.सं.२०७९ चैत ११ शनिवार

795 

shares

मोहन गौतम, सिक्किम, भारत

तिमी त बादल बनेर उड्छौ, म झर्छु पानी झरी भएर
सिँचाइ गर्दै यो लोकलाई, मेटाई तिर्खा नदी भएर

लगाई बाली सह्यार्छु आफैँ, मकै र कोदो फलेर झुल्छन्
ससाना बाछा मेलो लगाएँ, फुटाएँ बाँझो हली भएर

अजान आफू भएर रोएँ, अशान्ति छायो भएन शान्ति
प्रयास व्यर्थै गएछ मेरो, प्रकाश छर्ने टुकी भएर

समुद्र जस्तै बनाई छाती, चिसो र गर्मी सहेर बाँचौँ
हसाऊँ हासौँ मिलेर नाचौँ, हुँदैन साह्रै दुखी भएर

म भोक तिर्खा सही रहन्थेँ, बलिन्द्र धारा बही रहन्थ्यो
छ आज टन्नै परेछ चिट्ठा, रमायो मोहन खुसी भएर

बहरः– जमील
अर्कानः– १२१२२÷१२१२२÷१२१२२÷१२१२२
कफियाः– ई
रदिफः– भएर

 

वि.सं.२०७९ चैत ११ शनिवार ०९:२९ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...