Logo
२३ जेष्ठ २०८०, मंगलवार
     Tue Jun 6 2023
E-paper
  English Edition
   Unicode
Logo

टुक्का कविताहरू



शम्भु गजुरेल,सिन्धुली

१.
वसन्तले मात ल्याएर मोहनी नै ल्यायो
वन जङ्गल सबैतिर पालुवा पलायो ।

२.
वर्षा बादल झाप्प झुप्प हावा चल्छ कहिले
स्वागत गर्छ ऋतुराज नयाँ वर्ष अहिले ।

३.
चाहना रसकै हुन्छ रस पाइन्छ फूलमा
फूलकै नगरी ख्याल कहाँ पाइन्छ मूलमा ?

४.
भन्न त किसानकै सरकार पनि भन्दथे
सत्ता नै भासमा पर्दा कस्ले पो कृषि गन्दथे ?


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुदूरपश्चिम । जाँड रक्सीको नशा लागेकाले आफ्नै घरमा कतिसम्मको क्षति पु¥याउँछन् भन्ने कुरा धनगढीमा

काठमााडौं । नबिल बैंक लिमिटेडले दिगो घर कर्जा योजना सार्वजनिक गरेको छ । विश्व

दमौली । पृथ्वीराजमार्ग विस्तारका लागि तनहुँको बन्दीपुर गाउँपालिका–१ स्थित डुम्रे बजारका घरटहरा भत्काउन थालिएको