back
CTIZAN AD

लघुकथा : ज्ञानी इन्द्रजीत

वि.सं.२०७९ चैत ११ शनिवार

894 

shares

म्यामराज राई, भोजपुर, हाल- जापान

इन्द्रजीत घरको एक्लो सन्तान थियो । आमाबुवाको बुढेसकालको सहारा । पारिवारिक स्थिति दयनीय थियो ।

अक्षरारम्भ गराए । बनिबुतो गर्दै पढाए । उसले मेहनतले पढ्यो । ऊ तीक्ष्ण दिमागको थियो । कक्षामा सबैलाई पढाइमा उछिन्थ्यो । ज्ञानी थियो ।

समयसँगै उमेर बढ्यो । सहरमा प्राविधिक शिक्षा पूरा गर्यो । उमेरसँगै प्रेमले बास लिन थाल्यो । प्रेमिकाको कुरो हुबहु मान्दै गयो ।

उसले हासिल गरेको शैक्षिक योग्यता भएको अनुसारको गाउँमा जागिर खुल्यो । जागिर खुलेको म्यादभित्र निवेदकहरू कोही आएनन् । त्यो गाउँं वरिपरि उसले पढेको विषय पढेकाहरू पनि कोही थिएनन् । आमाबुवाले छोरोको पढाइ सम्झे । आमाले एक हप्ता म्याद थप भएकोमा छोरोलाई बोलाइन् । इन्द्रजीतले आधा मुटु सहरमै राखेर जागिर खान गाउँं फर्क्यो ।

उसको भोलि जागिरको पहिलो दिन थियो । आमाबुवा आज्ञाकारी छोरोदेखि असाध्यै खुसी थिए । त्यही खुसियालीमा बुवाले मासुको व्यवस्था गर्यो । आमाले एक छाक चामलको जोहो गरिन् । निकै लामो समयान्तरमा तीनैजना सँगसँंगै खाना खान जुर्यो । खाए । सुते ।

इन्द्रजीतको बुवा भोलिपल्ट भालेको पहिलो डाँकोसँंगै पिसाबले च्यापेर शौचालय गए । उता घुर्यानको खनिउँंको बोटमा इन्द्रजीत झुण्डिरहेको थियो ।

 

 

वि.सं.२०७९ चैत ११ शनिवार ०९:३२ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...