
पुष्पा नेपाल (सुवेदी), इलाम
१
घरको उज्यालो जून हुन् आमा
आमाबिनाको घर जहिल्यै अँध्यारो लाग्छ
घर सजाउने सुन हुन् आमा
२
संगीतको मीठो धुन हुन् आमा
आफ्नो दुःख बिर्सेर अरुलाई हँसाउने
जाडो हुँदा न्यानो उन हुन् आमा
३
सधैँ दर्बिलो कानुन हुन् आमा
परिवारलाई एकतामा बाँधेर राख्ने
भुल्न नसकिने गुन हुन् आमा
४
भित्ताको चम्किलो चुन हुन् आमा
सन्तानका लागि भोक, तिर्खा बिर्सन सक्ने
नसामा दौडिने खुन हुन् आमा
५
दुखाइ टाल्ने लिउन हुन् आमा
सुखदुख हरपल साथमा रमाउने
मीठो गासमा तिहुन हुन् आमा