back
CTIZAN AD

मुख्यमन्त्रीले राजीनामा नदिँदै कांग्रेसद्वारा दाबी पेश

वि.सं.२०७९ चैत १२ आइतवार

894 

shares

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले राजीनामा नदिँदै नेपाली कांग्रेसले नयाँ सरकार गठनका लागि दाबी पेश गरेको छ । आइतबार कांग्रेसले माओवादी केन्द्रसहित आठ दलको समर्थनमा दाबी पेश गरेको हो ।

कांग्रेस प्रदेश संसदीय दलका नेता डिल्ली बहादुर चौधरीलाई मुख्यमन्त्रीमा नियुक्त गर्न भन्दै कांग्रेससहित आठ दलको समर्थनमा दाबी पेश गरिएको छ । तर, दाबी पेश गरिएको पत्रमा हस्ताक्षर गरेका नागरिक उन्मुक्ति, जनता समाजवादी पार्टी र जनमत पार्टीले सरकारलाई दिएको समर्थन भने फिर्ता लिइसकेका छैनन् । दाबी पत्रमा हस्ताक्षर गर्ने कतिपय दलका सांसद मन्त्रीकै रुपमा बहाल छन् ।

माओवादी केन्द्रका मन्त्रीले राजीनामा दिएलगत्तै कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठनका लागि दाबी पेश भएको हो । दलहरुले संविधानको धारा १६८(२) बमोजिम सरकार गठनका लागि दाबी पेश गरेका छन् ।

संवैधानिक व्यवस्थाअनुसार सरकारमा सहभागि कुनै दलले छाडेमा वा सरकार अल्पमतमा परेमा सरकारले ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । तर, लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत लिने अवस्था नै नगराई दलहरुले नयाँ सरकार गठनका लागि दाबी पेश गरेका छन् ।

८७ सदस्यीय प्रदेशसभामा एमालेसँग एकलरुपमा २९ सांसद छ । गिरीलाई बहुमत सिद्ध गर्न थप १५ सांसदको आवश्यकता पर्दछ ।

वि.सं.२०७९ चैत १२ आइतवार १६:५८ मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष...

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

काठमाडौँ । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा...

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...