back
CTIZAN AD

जब उपप्रधानमन्त्री खड्काले विमानस्थलमा उत्रनासाथ त्यहाँको माटो ढोगे…

वि.सं.२०७९ चैत २५ शनिवार

906 

shares

काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री पुर्ण बहादुर खड्काले सुर्खेत विमानस्थलमा उत्रनासाथ त्यहाँको माटो ढोगेका छन् ।

उपप्रधान तथा रक्षामन्त्री भएपछि पहिलोपटक गृहजिल्लामा आयोजित विभिन्न कार्यक्रममा भागलिन सुर्खेत पुगेका उपप्रधानमन्त्री खड्काले बुद्ध एयरको विमानबाट उत्रनासाथ त्यहाँको माटोलाई ढोगेका हुन् ।

चार हातखुट्टाले टेकेर माटोलाई ढोगेका उपप्रधानमन्त्री खड्काले आफुले कर्णालीको शिर निहुरिने गरी कुनैपनि काम आफुबाट नहुने समेत बताएका छन् ।

विमानस्थलमै आयोजित पत्रकार सम्मेलनमा खड्काले आफु अहिले जहाँ रहेपनि कर्णालीको जनप्रतिनिधि रहेको बताउँदै कर्णालीको माटोसँग आर्शिवाद र शुभकामना माग्नका लागि माटो ढोगेको बताए ।

नेपाली कांग्रेसका उपसभापति समेत रहेका उपप्रधामन्त्री खड्काले विमानस्थलको भुँईमा निहुरिएर ढोगेको तस्बिर अहिले सामाजिक संजालमा चर्चामा आएको छ । केहीले देशभक्ति पूण भाव भनेका छन् भने केहीले भुँइ ढोग्नुभन्दा कर्णालीका जनताको घर–घरमा पुगेर उनीहरुको जीवनस्तर कसरी माथि उकास्न सकिन्छ भन्ने प्रण गरेर त्यसमा लागेमा कर्णालीले ठूलो आर्शिवाद दिने टिप्पणी गरेका छन् ।

 

वि.सं.२०७९ चैत २५ शनिवार १३:१७ मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष...

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

काठमाडौँ । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा...

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...