गणेश लोहनी, चितवन, हाल- काठमाडौं
१
नयाँ बर्ष, अन्मेको सक्रान्ति
मानव सारामा, कोपिला दिवसको, शुभ कामना
हो कोपिला, जन्मेको सक्रान्ति
२
धन्यवाद छ, गिरिराज मालीलाई
ल्याए नन्दन, सिद्धान्त लेखेर, बाँधे बन्धन
छरे बिउ, छेउ कुना आलीलाई
३
कोपिलाको जन्मदिन खुशी छौं
आफ्नै माटोमा, जन्मेको कोपिला, वैश्विक बाटोमा
निम्ठो होइन भरेरै झुसी छौं
४
जोश जाँगर बढ्दो छ मालीमा
बगैंचामा फूल, आकर्षित हुँदैछन्, भमराका हुल
झुलेका छन् कोपिला डालीमा
५
डाली डाली झुलाऔं कोपिला
पुरुष प्रकृति, मालीले बसाऔं, काव्यिक संस्कृति
फक्रन दिउँ फुलाऔं कोपिला
लय – लोकलय कुमुदिनी
अक्षर संरचनाः (४+६) – (५+६+५) – (४+६)
गायन क्रमः पात–श्रपात–श्रमुना
वि.सं.२०८० वैशाख २ शनिवार ०८:४६ मा प्रकाशित






























