३० चैत, काठमाडौं । युरोपको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता युरोपेली च्याम्पियन्स लिगको क्वार्टर फइनलको पहिलो लेग अन्तर्गत युरोपेली महारथी बार्यन म्युनिख र रियल म्याड्रिड भिड्दै छन् ।
नेपाली समय अनुसार आज राति १२ :३० बजे बार्यनको घरेलु मैदान एलिएन्ज एरेनामा हुन गइरहेको उक्त खेल निक्कै रोमान्चक हुने अनुमान गरिएको छ ।
रियलका पूर्वप्रशिक्षक कार्लो एन्सेलोट्टीको प्रशिक्षणमा रहेको बार्यनले निक्कै राम्रो खेल खेलिरहेको छ । स्टार खेलाडीहरु रोर्बट लेवोडेन्स्की, म्यानीयुल नियुर, फ्रान्क रिवरी, आर्जेन रोवेन लगायतका खेलाडीहरुको बाहुल्यता रहेको छ ।
उता जिनेदिन जिदानको प्रशिक्षणमा रहेको रियलको पनि नतिजा निक्कै राम्रो छ । स्टार खेलाडीहरु रोनाल्डो, बेल बेन्जेमा, रामोस जस्ता विश्वस्तरीय खेलाडीहरुको बाहुल्यता रहेको छ ।
उक्त खेललाई तत्कालिन रियलको प्रशिक्षक कार्लो एन्से लोट्टी र जिनेदिन जिदानको प्रतिष्ठाको लँडाइको रुपमा हेरिएको छ ।
वि.सं.२०७३ चैत ३० बुधवार १२:३३ मा प्रकाशित



























