back
CTIZAN AD

आयोगलाई  रु १४ करोड ४० लाख मूल्य बराबरको निर्वाचन सामग्री प्राप्त

वि.सं.२०७३ चैत ३० बुधवार

972 

shares

३० चैत,काठमाडौँ  । आगामी वैशाख ३१ गते हुने निर्वाचनका लागि आवश्यक पर्ने विभिन्न प्रकारका निर्वाचन सामग्री आज चीन सरकारबाट प्राप्त भएका छन् ।

अन्तर्राष्ट्रिय विमानस्थलमा निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीलाई नेपालस्थित चीनका राजदूत यु होङ्गले करिब रु १४ करोड ४० लाख मूल्य बराबरको सामग्री हस्तान्तरण गर्नुभयो ।

पत्रकारसँग कुरा गर्नुहुँदै सचिव मैनालीले निर्वाचनका लागि आवश्यक पर्ने सामग्री मित्रराष्ट्र भारत, चीन र संयुक्त राष्ट्रिय विकास कार्यक्रम (युएनडिपी) माग गरिएकोमा चीन सरकारसँग आग्रह गरिएका सामग्री प्राप्त भएको जानकारी दिनुभयो ।

उहाँले बिहीबार युएनडिपीबाट प्राप्त हुने सामग्री आइपुग्ने र भारतबाट आउने सामग्री पनि छिट्टै नेपाल आउने बताउनुभयो । आयोगले टेन्डरमार्फत खरिद गरेका ३० हजार मतपेटिका भने चीनको केरुङ नाकामा आइपुगेको र सम्बन्धित कम्पनीले केही दिनभित्रै आयोगलाई बुझाउने जानकारी पनि सचिव मैनालीले दिनुभयो । रासस

वि.सं.२०७३ चैत ३० बुधवार १५:०१ मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण...

हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

पर्वत । मोदी गाउँपालिका–६, तिलाहारका ५१ वर्षीय जीतबहादुर विकलाई आफ्नै...