
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गरेका छन्। कांग्रेस काेटाबाट तीन नेतालाई मन्त्रीमा नियुक्त गरेका हुन् ।
कांग्रेस उपसभापति धनराज गुरुङ कानुन न्याय तथा संसदीय मामिला मन्त्री बनेका छन् भने नेता मोहनबहादुर बस्नेत स्वास्थ्य तथा जनसंख्या र डिगबहादुर लिम्बु युवा तथा खेलकुदमन्त्री बनेका छन् ।
प्रधानमन्त्रीको सिफारिसमा उनीहरुलाई बुधबार नै राष्ट्रपतिले मन्त्री नियुक्त गरेका राष्ट्रपति कार्यालयले जनाएको छ ।
आठौं पटकको मन्त्रिपरिषद् बिस्तारपछि पनि मन्त्रिपरिषदले भने पूर्णता पाउन सकेकाे छैन । अझैपनि वन र खानेपानी मन्त्रालय रिक्त छ ।