back
CTIZAN AD

कविता : रातो रङ

वि.सं.२०८० वैशाख ३० शनिवार

1.5K 

shares

मेनुका चापागाईं, बिराटनगर

आफ्नो प्रसव पीडालाई समाधी दिएर
आफ्नै शरीरले छादिरहेको रगतभित्र
लत्पतिएर चिच्याइरहेको मलाइ देख्दा
मेरी आमाले पीडाको कालो रङ बालेर
खुसीको तातो रङ ताप्नु भएको हो
त्यसैले मलाई रातो रङ मनपर्छ

शरीरमा शिशु कौमार्यता मुस्कुराउदै गर्दा
लाज डर र उत्सुकताको अगेनामा
उठेका थिए पेटै जल्ने गरि
अग्रेठआगोका लप्काहरु
र निभाएको थियो त्यो आगो
रजस्वलाको रातो रङ्गिन धाराहरुले
त्यसैले मलाइ रातो रंग मनपर्छ

रातो रङ्ग पहिरिएकी भगवतीलाई
साक्षी राखेर
तिमीले भ्यालेन्टाइनको रातो गुलाब
मेरो हातमा राखी दिदा
मैले त्यति बेलै पनि महसुस गरेकी थिए
चुटिएर पनि बाँच्न जान्नु पर्छ गुलाब जस्तै
कठिन काँडाको बिचमा पनि
फक्रीएका हुन्छन् खुसीका राता रंगहरु
त्यसैले त मलाई रातो रङ मनपर्छ

पिडाको अग्रेठ यज्ञमा आगो बालेर
जीवन र मृत्युको वेदि थापी
प्रेमको पृथ्वीले सात फेरा मारे पछी
आधा तिम्रो र आधा मेरो
मुटुको रगत झिकेर मुछे जस्तो
रातो सिन्दुर मेरो सिउँदोमा रङगाएपछि
बुझेकी हु मैले खुसीको बन्धकी
र थाहा पाएकी हु
एक जुनीको रजिस्ट्रेसन
त्यसैले मलाइ रातो रङ मनपर्छ

प्रेमिल जूनको रंगिन रात निदाएपछी
बेरिएको हो इन्द्रेणी
धर्तीको अङालोभित्र
अनि मैले थाहा पाएकी हु
रंगिन ओठका हस्ताक्षर हरुको सौन्दर्य
र बुझेकी हु
जूनको अनुहारमा बसेको पोतोको कारण
यहि सृष्टिको प्रयोगशालामा
नौ महिने परिक्षण पूरा गरे पछी
मैले रातो रगतको भेलबाट
जन्माएकी थिए कलिलो घाम
त्यो तिम्रो नासो थियो
त्यही भएर मलाइ रातो रङ मनपर्छ

मन परेको रङ माथी
डाह गर्दा रहेछन ईश्वरले पनि
अघि अघि ल्याएका थियौ रातै बनाएर
अहिले तिमी अघि गयौ सेतै बनेर

मैले मेरो खुसीको रातो रङ
बगाइ दिएकी छु तिम्रै नाममा
मेरो सौभाग्यको सिन्दुर पोते चुटाएर
राखी दिएकी छु तिम्रै छाती माथि
पहिराएको छु तिमीलाइ फुलका मालाहरुले
रातै बनाएकी छु फुलका गुच्छा र रातो अबिरले

मलाई अहिले
रङहरुको क्रान्ती गर्न मन लागिरहेको छ
संस्कारले सुम्पिएको सेतो फरियालाई
आफ्नै रजस्वलाको रगतमा मुछेर
लगाइदिउ लाग्छ
यो देशको आँखै रातो हुने गरि

ए हजुर !
मलाइ रातो रङ मनपर्छ
दुनियाँको अन्धा गिद्धे नजर पर्ने
मेरो सतित्व लुछेर
म तिम्रो छातीमा चढाउछु
तिम्रो छातिमा भएको
एक बट्टा सिन्दुर,पोते र चुरा
फेरि मलाई दिन मिल्दैन ?

वि.सं.२०८० वैशाख ३० शनिवार ०७:३८ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...