back
CTIZAN AD

कविता : मौन आवाज

वि.सं.२०८० वैशाख ३० शनिवार

1.3K 

shares

केशव ज्ञवाली ’आगत’
रुरुक्षेत्र, गुल्मी
हाल–सूर्यविनायक, भक्तपुर

राजनीतिको चर्को आवाज
जता गयो उतै ठोक्किन्छ
मन्दिरमा घन्टी पनि
बज्नुसम्म बजेका छन् र
चोकचोकमा
विश्व विद्यालय पनि
बोल्नुसम्म बोलिरहेका छन्
तैपनि
देख्ने आँखा र
सुन्ने कान कतै भेटिँदैनन् ।

भ्रष्टाचार,युध्द र
विभेदका
उच्छृङ्खल श्रृङ्खलाहरू
बेहिसाब लामबध्द छन् सामुन्नेमै
तैपनि
किन मौन छ आफ्नै आवाज ?

सोच्दासोच्दै ध्यानमा
सक्छौ त आफूलाई चिन्न
अनन्त युगबोध र
रुपान्तरणका लागि
समय
तिम्रो आवाज पर्खिरहेको छ ।
.

वि.सं.२०८० वैशाख ३० शनिवार ०७:४१ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...