back
CTIZAN AD

सुसेली

वि.सं.२०८० वैशाख ३० शनिवार

912 

shares

ललिता दोषी, काठमाडौं
१.
माउ पासोमा
मरे कठै बचेरा
चारा आशामा ।

२.
रातै रात छ
नेजाज्यूको मनमा
स्वार्थ खात छ ।

३.
देश हो ठूलो
आफैतिर नतान
स्वार्थको कुलो ।

४.
विश्व हँसायौ
कुर्सीको लडाइमा
देश फसायौ ।

५.
न्याय बेचियो
न्याय खोज्ने कहाँ हो ?
मनै रेटियो ।

६.
आँखाका तारा
लालाबाला रुँदैछन्
फर्क न प्यारा ।

७.
दुखेको मन
तिमीविना उजाड
यो रनवन ।

८.
आँखाका नानी
छोराछोरी भोकाए
कहाँ हो जाँनेँ ?

९.
पीडामा देश
निद्रा कैले लाग्दैन
लाग्दैछ ठेस ।

१०.
आँखा खोलन
देश ठूलो भनेर
कोही बोलन ।

वि.सं.२०८० वैशाख ३० शनिवार ०७:४१ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...