back
CTIZAN AD

पाँच मुक्तक

वि.सं.२०८० वैशाख ३० शनिवार

1.2K 

shares

पवन कुमार बुढाथोकी, काठमाडौं


बिश्वकै एक नंम्बरको प्रदुषित सहर भएछ
कान्तिपुरी नगर बस्नको लागि जहर भएछ
किन पो छोडे त युवा पुस्ताले यो ठाउँ भनेको;
ठाँउमा आफ्नो मान्छे नभएर कहर भएछ ।


युवा भन्छन ‘देसमा जागिर दिन्नन कतातिर पो जाउँ’
आफलाई त केहि छैन बुढा बाबु आमालाई के ख्वाउँ
बिकास सम्बृद्धि भन्ने शब्द भाषणमा मात्र सुनियो,
यो देशमा राजनीति गर्नेले बिगारे है यस्तो राम्रो ठाउँ !


खानु त त्यत्तिकै हो धेरै दिन देखि पाएको छैन मिठो चोखो छुन
कुन संयोगले होला आएको रहेछु गरिबकै छोराछोरी यहाँ हुन
धनीका घरका कुकुरको जति नि सम्मान छैन निमुखाहरूलाई
के गर्न सक्छु विद्रोह यहाँ सिवा कुना पसेर धुरूधुरू आफै रुन ।


मन त लाग्छ नि अरुकै जस्तो राम्रो पद्दति यहाँ ल्याउन
गरिबका छोराछोरीले पनि ठुलाबडाकै जस्तै गरि भ्याउन
सबैले समान किसिमको सुबिधा नपाउनु बिभेद हैन र यो ?
निमुखाले पाउछन हुने खानीका रगरगि र चकचकि च्याउन ।


दुई दिनको जिन्दगीमा नि के को नै हरेस खानु
लागेको कुरा बोल्नु नै पर्छ मरे सि के छ लानु
बराबरी चै किन पो भएन यो सोचनीय कुरो हो
थोरै मस्तिमा धेरै चैँ त्यसको मुखै न देखि जानु ।

वि.सं.२०८० वैशाख ३० शनिवार ०७:४२ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...