पवन कुमार बुढाथोकी, काठमाडौं
१
बिश्वकै एक नंम्बरको प्रदुषित सहर भएछ
कान्तिपुरी नगर बस्नको लागि जहर भएछ
किन पो छोडे त युवा पुस्ताले यो ठाउँ भनेको;
ठाँउमा आफ्नो मान्छे नभएर कहर भएछ ।
२
युवा भन्छन ‘देसमा जागिर दिन्नन कतातिर पो जाउँ’
आफलाई त केहि छैन बुढा बाबु आमालाई के ख्वाउँ
बिकास सम्बृद्धि भन्ने शब्द भाषणमा मात्र सुनियो,
यो देशमा राजनीति गर्नेले बिगारे है यस्तो राम्रो ठाउँ !
३
खानु त त्यत्तिकै हो धेरै दिन देखि पाएको छैन मिठो चोखो छुन
कुन संयोगले होला आएको रहेछु गरिबकै छोराछोरी यहाँ हुन
धनीका घरका कुकुरको जति नि सम्मान छैन निमुखाहरूलाई
के गर्न सक्छु विद्रोह यहाँ सिवा कुना पसेर धुरूधुरू आफै रुन ।
४
मन त लाग्छ नि अरुकै जस्तो राम्रो पद्दति यहाँ ल्याउन
गरिबका छोराछोरीले पनि ठुलाबडाकै जस्तै गरि भ्याउन
सबैले समान किसिमको सुबिधा नपाउनु बिभेद हैन र यो ?
निमुखाले पाउछन हुने खानीका रगरगि र चकचकि च्याउन ।
५
दुई दिनको जिन्दगीमा नि के को नै हरेस खानु
लागेको कुरा बोल्नु नै पर्छ मरे सि के छ लानु
बराबरी चै किन पो भएन यो सोचनीय कुरो हो
थोरै मस्तिमा धेरै चैँ त्यसको मुखै न देखि जानु ।
वि.सं.२०८० वैशाख ३० शनिवार ०७:४२ मा प्रकाशित






























