back
CTIZAN AD

ओली प्रभावित रवि : विवादित शैली, स्टनबाजमा रुचि

वि.सं.२०८० वैशाख ३१ आइतवार

1.2K 

shares

पुस १० को ‘बालकोट सहमति’पछि सात दलीय गठबन्धनको नेतृत्व गर्दै पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भए । प्रचण्ड नेतृत्वको सरकारमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि सहभागि भयो । लामिछाने स्वयम् गृहसहित उपप्रधानमन्त्रीको हैसियतमा सरकारमा गए । गृहमन्त्री तथा उपप्रधानमन्त्रीको हैसियतमा सरकारमा सहभागि भएका लामिछानेको पहिलो निर्णय थियो – निर्मला पन्तको न्यायका लागि अधिकतम पहल गर्ने ।

लामिछानेको पहलमा पुस १५ मा प्रहरी नायब महानिरीक्षक (डिआइजी) दुर्गा सिंहको नेतृत्वमा नयाँ अनुसन्धान समिति गठन भयो । समितिले गठनको एक सातामा घटनाबारे अनुसन्धान पनि सुरु ग¥यो । नयाँ समितिको अनुसन्धानसँगै प्रहरीले केही मानिसको रगतको नमुना संकलन गरेर काठमाडौंस्थित विधि विज्ञान प्रयोगशालामा पनि पठायो । तर, अनुसन्धान चलिरहेकै बखत अनुसन्धानको नेतृत्व गरिरहेकी डिआइजी सिंहको सरुवा गरियो ।

उनलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट नेपाल प्रहरी शिक्षालय, भरतपुर पठाइयो । सिंहको सरुवा भएको दुई सातामै लामिछाने पनि सर्वोच्च अदालतको नागरिकतासम्बन्धी फैसलापछि पदमुक्त भए । लामिछाने पदमै रहँदा सिंहको सरुवा किन गरियो ? एक महिना बढी गृहको नेतृत्वमा रहँदा पन्तको छानबिन प्रक्रियामा उनले के–के गरे ? थुप्रै प्रश्न अनुत्तरित छन् । लामिछानेले जसरी पन्तको नाममा ‘स्टनबाजी’ गरेका थिए, सोअनुसार उनले काम गरेको देखिन्न ।

सँगै उनले सरकारमा जाँदै गर्दा थुप्रै विवादित काम भने गर्न भ्याए । लामिछानेले मन्त्री नियुक्ती गर्दा नै विवादित र स्वार्थ बाझिनेलाई मन्त्री बनाए । म्यानपावर व्यवसायीको रुपमा रहेका डोलप्रसाद अर्याललाई उनले श्रम मन्त्रालयको जिम्मेवारी सुम्पे भने शिक्षाको क्षेत्रमा एनजिओ चलाइरहेका शिशिर खनाललाई शिक्षा मन्त्री बनाए । शिक्षा मन्त्री बनेपछि खनालको मुख्य निर्णय नै ‘किताब छाप्ने जिम्मा निजीलाई दिनु’ थियो ।

स्वयम् लामिछानेले पनि गृहको जिम्मेवारीमा रहँदा निकै गम्भीर र विवादित निर्णय गर्न भ्याए । उनले राष्ट्रिय परिचयपत्रमा संकलित वैयक्तिक र जैविक विवरण रुजु गर्ने जिम्मा विदेशी कम्पनीलाई बिना प्रतिस्पर्धा दिएका थिए । एड्भान्टेज इन्टरनेशनल प्रालि नामक कम्पनीलाई दु्रत गतिमा उनले उक्त जिम्मेवारी सुम्पेका थिए । सार्वजनिक खरिद ऐनको व्यवस्था नै उल्लंघन गरी दु्रत गतिमा उक्त जिम्मा विदेशी कम्पनीलाई दिनुपर्ने समस्या लामिछानेलाई कताबाट आइलाग्यो ? प्रश्न अनुत्तरित छ । जुन निर्णय उनको बर्हिगमनपछि सरकारले खारेज गरेको भएपनि त्यसको विवादित टिका भने उनको निधारमा रहिरहने छ ।

भ्रष्टाचारविरुद्धको नारा दिएर सरकारमा गएका लामिछानेले जिम्मेवारीमा पुगेपछि के गरे ? गणना गर्न मिल्ने खास केही छैन । उनले जे गरे ‘स्टनबाज’ मात्रै गरे । अपरिपक्क शैलीकै कारण उनको नागरिकता मात्रै खारेज भएन सरकारी खर्चमा पुनः उपनिर्वाचन गर्नुपर्ने अवस्था पनि बन्यो । कानूनी व्यवस्थालाई खेलाँची ठान्दै उनले प्रदर्शन गरेको शैली लोक लजाउने खालकै छ ।

सर्वोच्चको फैसलापछि गैरसांसदका रुपमा लामिछानेले पुनः गृहमन्त्री बन्न गरेको प्रयास पनि निकै अपरिपक्क र अराजनीतिक खालको देखिन्छ । लामिछानेले जुन तहबाट पुनः गृहमन्त्री बन्न दौडधुप गरे, त्यसले नयाँ र वैकल्पिक मानिएका शक्तिहरुको भूमिका कस्तो देखियो भन्ने स्पष्ट पार्छ । तत्कालिन समय जे–जसरी प्रचण्ड सरकारबाट रास्वपा बाहिरिने निर्णयमा पुग्यो, त्यसको पछाडिको कारण उनले गृहमन्त्रीमा नियुक्ती नपाउनु नै थियो ।

लामिछाने उपनिर्वाचनबाट सानदार ढंगबाट विजयी भए, यसलाई उनीप्रति जनताले देखाएको साधुभाव मानौ । तर, चुनावमा जाँदै गर्दा उनीसँग खास देखाउने एजेन्डा भने केही पनि देखिएन । उनले यसअघिकै खोक्रा एजेन्डालाई चुनावी विषय बनाएका थिए । तथापी, पुराना मख्खिएका अनुहारभन्दा नयाँप्रति आशा हुने मनोविज्ञानअनुसार उनी अनुमोदित भए ।

तर, चुनावी परिणाम यता रास्वपाको भूमिका भने आशा जगाउने भन्दा सन्देह पैदा गर्ने खालको देखिन्छ । परम्परागत मानिएका शक्तिको भन्दा रास्वपाको निर्णय शैली भिन्न देखिन्न । रास्वपाले वैशाख २२ मा (प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिने) निर्णयमा कुनियत झल्किन्छ । जहाँ पृष्ठभूमिमा एमालेको प्रस्ताव (प्रधानमन्त्री बनाउने) देखिन्छ । हालको सत्ता गठबन्धनलाई जसरी पनि सिध्याउने एमाले एजेन्डामा रास्वपा बगेको देखिन्छ ।

आजको राजनीतिको केन्द्रमा मुख्यगरी माओवादी केन्द्र देखिएको छ । सुशासनको विषयमा उसले लिएका निर्णयले जनतामा ठूलो वाहवाही र समर्थन प्राप्त गरेको छ । माओवादीले जसरी नक्कली शरणार्थी प्रकरणसँग सम्बन्धित फाइल खोलेको छ, यसले जनतामा ठूलो आशा जगाएको छ । तर, भ्रष्टाचारविरोधी नारा दिएर राजनीतिमा उदाएको रास्वपा भने यी घटनाका बीच गुमनाम छ । जब सरकारले भ्रष्टाचारका फाइल खोल्यो तब रास्वपाले समर्थन फिर्ता लियो । जहाँ रास्वपाको स्पष्टै कुनियत झल्कन्छ ।

यी घटनाहरुका बीच रास्वपाका निर्णय र सभापति लामिछानेका अभिव्यक्ति आफैंले आफैंलाई व्यंग्य गरेको रुपमा देखिन्छ । सरकारको कामको समर्थनमा जनदबाब स्वरुप भएका प्रदर्शनमा गएर ‘ठूला नेता पक्राउ पर्नुमा हाम्रो भूमिका छ’ भन्ने रास्वपा सभापति लामिछानेको अभिव्यक्ति मजाकभन्दा केही देखिन्न । उनले दिएको अभिव्यक्ति कहिँ संगत मिलेको छैन ।

नेपाली राजनीतिमा ‘स्टनबाज’ शब्दसँग एमाले अध्यक्ष केपी शर्मा ओलीको तुलना गरिन्छ । नाम र वाहीवाही कमाउन गर्दै नगरेका कामको अपनत्व आफुले लिने शैली ओलीले विगतदेखि देखाउँदै आएका छन् । जुन ढंगको तुलना ओलीसँग गरिन्थ्यो आज रविको नाम पनि सोही ढंगबाट गर्न थालिएको छ । घटनाक्रमले उनी ओलीकै पथमा त होइनन् ? प्रश्न उब्जिन्छ । यस्तो शैलीले तात्कालिन लाभ लिने स्थिति भएपनि दीर्घकालिनरुपमा खास फाइदाकर हुने देखिन्न ।

वि.सं.२०८० वैशाख ३१ आइतवार १२:४० मा प्रकाशित

आत्मसम्मानले समाजमा कस्तो प्रभाव पर्छ ?

आत्मसम्मानले समाजमा कस्तो प्रभाव पर्छ ?

आत्मसम्मान भनेको व्यक्तिको आफ्नै मूल्य वा व्यक्तिगत मूल्यको व्यक्तिपरक मूल्याङ्कन...

नक्कली कम्युनिस्ट नेता सक्कली जस्तो कसरी देखिने?

नक्कली कम्युनिस्ट नेता सक्कली जस्तो कसरी देखिने?

के तपाईं भित्री रूपमा कट्टर आस्तिक हुनु हुन्छ बाहिरी रूपमा...

कर्णेल उजिरसिंह थापालाई किन नेपालको राष्ट्रिय विभूति मान्ने ?

कर्णेल उजिरसिंह थापालाई किन नेपालको राष्ट्रिय विभूति मान्ने ?

कर्णेल उजिरसिंह थापाले वीरता र राष्ट्रिय सुरक्षामा पु¥याएको अतुलनीय योगदानको...

अदालतको प्रत्यक्ष प्रसारणमा अन्तर्राष्ट्रिय प्रचलनहरु

अदालतको प्रत्यक्ष प्रसारणमा अन्तर्राष्ट्रिय प्रचलनहरु

यतिबेला न्यायिक कारवाहीको प्रत्यक्ष सुनुवाईको थालनी भएपछि यसले सार्वजनिक बहस...

किन हुन्छ बौद्धिक वर्गको भूमिका र यथार्थबीच विरोधाभास ?

किन हुन्छ बौद्धिक वर्गको भूमिका र यथार्थबीच विरोधाभास ?

१ पृष्ठभूमि बौद्धिक वर्गलाई परम्परागत रूपमा जटिल मानसिक श्रममा संलग्न...

तीन सङ्कटले थलिएको नेपाली अर्थतन्त्र

तीन सङ्कटले थलिएको नेपाली अर्थतन्त्र

१. पृष्ठभूमि नेपाल तीनवटा संरचनात्मक आर्थिक सङ्कटहरू–खाद्य असुरक्षा, फराकिलो व्यापार...