back
CTIZAN AD

गजल

वि.सं.२०८० जेठ १३ शनिवार

1.2K 

shares

शान्तिराम भट्टराई,तेह्रथुम, हाल–काठमाडौं

धेरै पटक छोडिसकेँ, पिउँदा पिउँदा मैले पनि
मैले पिउने उसलाई तर, उसले पिउँछ जैले पनि

आज अन्तिम पिउने भन्छु, भोलि अन्तिम हुन्छ फेरि
छोडेको थेँ पिउन साँची, हिँजो अस्ति पैले पनि

सधैँ पिउँदा अपजस मात्र, किन होला मलाई दिने ?
कहिलेकाहीँ त दिए हुने, जस मलाई तैँले पनि

साँच्ची अव साथ तेरो, छोड्छु होला भोलिदेखि
छोडेपछि सम्झना तँलाई, गर्दिन म कैले पनि

तेरो साथ हुँदा पीडा, दुःख चिन्ता टाढा जाने
साथ छोडी जाँदा अनि, शान्ति भाग्ने जैले पनि

९८५२०५१३००

 

वि.सं.२०८० जेठ १३ शनिवार ०६:४१ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...