back
CTIZAN AD

कविता : झिल्का

वि.सं.२०८० जेठ १३ शनिवार

1.3K 

shares

कुञ्ज देवी उपाध्याय, डिमौ, असम

म भागि हिँड्छु
आँफु सँग, तिमी सँग
समय सँग
भो
गाउँदिन दुःखको गीत
कोर्दीन पीडाले भरिएको चित्र
सबै व्यर्थ
भत्किएर लथालिङ्ग भित्तामा टाँसिएको
ढोकामा ताला लगाउँछु
यादहरू कैद गरेर राख्न
छैन सुरक्षा
बुझेर पनि बुझ्दिनँ
स्यालहरु किन सधैँ भोका छन्
इनीहरूका नङ्ग्रा किन तिखा छन् !
निर्यातनको किरो कसरी पस्यो
के पायो
के गुमायो
मेरा मस्तिष्कमा सल्बलाउन लागेका
झिल्का हरूले
डढाउन सक्थ्यो भने
लगाई दिन्थे डढेलो सन्सारमा
ध्वंश गरि दिन्थ्ये
स्यालको वंश
रजस्वलाको रगत चाटेर
घाम ताप्छन
नांगो धर्तिमा
तै पनि इतिहास लेख्छु
रगत र पानीमा पार्थक्य खोज्दै !!

वि.सं.२०८० जेठ १३ शनिवार ०६:४४ मा प्रकाशित

सर्वनाम थिएटरमा ‘वसन्त काव्य उत्सव: गजल साँझ सम्पन्न

सर्वनाम थिएटरमा ‘वसन्त काव्य उत्सव: गजल साँझ सम्पन्न

काठमाडौं । राजधानीको कालिकास्थानस्थित सर्वनाम थिएटरमा ‘वसन्त काव्य उत्सव’ अन्तर्गत...

झिल्का कविता

झिल्का कविता

बाबुराम गौतम, गुल्मी १. महङ्गीले छोयो आकाश गरिबले सजाएका सपना...

कविता : मातृशक्तिमा हजार लाख वन्दना

कविता : मातृशक्तिमा हजार लाख वन्दना

कृष्णप्रसाद पौडेल ''जस्ताधरे'' विदुर - ४, बट्टार, नुवाकोट अनेक श्रेष्ठ...

चारु

चारु

मन्दा पौडेल, काठमाडौँ शाश्वत छ,न त ऊ हार मान्छ,न कोहीसँग...

सुसेली

सुसेली

सुशीला पौडेल, कोटेश्वर १ आमाको माया हुनेछैन कहिल्यै कसैमा छाया...

गजल

गजल

सुधिर थापा, कुपन्डोल , ललितपुर जीवन तब हाैसिन्छ पुगे आस...