back
CTIZAN AD

कविता : झिल्का

वि.सं.२०८० जेठ १३ शनिवार

1.4K 

shares

कुञ्ज देवी उपाध्याय, डिमौ, असम

म भागि हिँड्छु
आँफु सँग, तिमी सँग
समय सँग
भो
गाउँदिन दुःखको गीत
कोर्दीन पीडाले भरिएको चित्र
सबै व्यर्थ
भत्किएर लथालिङ्ग भित्तामा टाँसिएको
ढोकामा ताला लगाउँछु
यादहरू कैद गरेर राख्न
छैन सुरक्षा
बुझेर पनि बुझ्दिनँ
स्यालहरु किन सधैँ भोका छन्
इनीहरूका नङ्ग्रा किन तिखा छन् !
निर्यातनको किरो कसरी पस्यो
के पायो
के गुमायो
मेरा मस्तिष्कमा सल्बलाउन लागेका
झिल्का हरूले
डढाउन सक्थ्यो भने
लगाई दिन्थे डढेलो सन्सारमा
ध्वंश गरि दिन्थ्ये
स्यालको वंश
रजस्वलाको रगत चाटेर
घाम ताप्छन
नांगो धर्तिमा
तै पनि इतिहास लेख्छु
रगत र पानीमा पार्थक्य खोज्दै !!

वि.सं.२०८० जेठ १३ शनिवार ०६:४४ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...