back
CTIZAN AD

बालकविता : पैसा चोर

वि.सं.२०८० जेठ १३ शनिवार

1.3K 

shares

ओमकुमारी बन्जारा रानाभाट, काठमाडौं

तँलाई भुत्ले पैसा चोर
कसले भन्यो भुँड्को फोर ।।

खुत्रुकेको पैसा चोर
कसले भन्यो भुड्को फोर
मेरो पैसा हरायो
भाइलाई सोधेँ करायो ।।

मलाई दिएका पैसालाई
खुत्रुकेमा भरेकी
धेरै राखेँ नभरिँदा
म त छक्क परेकी ।।

ललीपप र किन्डरज्योए
लुकीछिपी खाँदैथ्यो
खुत्रुकेको पिँध फोरेर
भाइले पैसा लादैँथ्यो ।।

मैँले भाइलाई सोधेथेँ
पैसा तैँले कहाँ पा’ को
भाइले उत्तर मलाई द्यो
छामेँ खोल्ती बा’ को ।।

तँलाई भुत्ले पैसा चोर
कसले भन्यो भुँड्को फोर
लौरीले नै कुट्दिन्छु
तिर्खामा नै चुट्दिन्छु ।।

अबदेखि चोर्दिन
दिदी भुड्को फोर्दिँन
बाँकी पैसा लौ राख
ललीपप लौ चाख ।।

तेरो जुठो खान्न म
स्कुल सँगै लान्न म
अबदेखि नचोर है
मेरो भुड्को नफोर है ।।

तँलाई भुत्ले पैसा चोर
कसले भन्यो भुँड्को फोर ।।

वि.सं.२०८० जेठ १३ शनिवार ०६:४५ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...