Logo
८ आश्विन २०८०, सोमबार
     Mon Sep 25 2023
E-paper
  English Edition
   Unicode
Logo

बालकविता : पैसा चोर



ओमकुमारी बन्जारा रानाभाट, काठमाडौं

तँलाई भुत्ले पैसा चोर
कसले भन्यो भुँड्को फोर ।।

खुत्रुकेको पैसा चोर
कसले भन्यो भुड्को फोर
मेरो पैसा हरायो
भाइलाई सोधेँ करायो ।।

मलाई दिएका पैसालाई
खुत्रुकेमा भरेकी
धेरै राखेँ नभरिँदा
म त छक्क परेकी ।।

ललीपप र किन्डरज्योए
लुकीछिपी खाँदैथ्यो
खुत्रुकेको पिँध फोरेर
भाइले पैसा लादैँथ्यो ।।

मैँले भाइलाई सोधेथेँ
पैसा तैँले कहाँ पा’ को
भाइले उत्तर मलाई द्यो
छामेँ खोल्ती बा’ को ।।

तँलाई भुत्ले पैसा चोर
कसले भन्यो भुँड्को फोर
लौरीले नै कुट्दिन्छु
तिर्खामा नै चुट्दिन्छु ।।

अबदेखि चोर्दिन
दिदी भुड्को फोर्दिँन
बाँकी पैसा लौ राख
ललीपप लौ चाख ।।

तेरो जुठो खान्न म
स्कुल सँगै लान्न म
अबदेखि नचोर है
मेरो भुड्को नफोर है ।।

तँलाई भुत्ले पैसा चोर
कसले भन्यो भुँड्को फोर ।।


-->

विक्रम गिरी, हाङ्जाउ (चीन) । १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत चीनको हाङ्जाउमा आइतवार भएको

काठमाडौँ । आर्थिक क्षेत्रका विज्ञहरूले नेपाल र चीनबीच सम्झौता गर्दा र सम्झौता कार्यान्वयनका लागि

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज

एकराज पाठक,बेइजिङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आग्रह गरेका

काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को सुरुवाती दुई महिनामा मुलुकले रू दुई खर्ब