back
CTIZAN AD

सुसेली

वि.सं.२०८० जेठ १३ शनिवार

1.1K 

shares

चन्द्रा न्यौपाने, टोखा, काठमाडौँ

१.
दुर्गा सरमा
मातृशोक असह्य
परिवारमा ।

२.
पीडा मनमा
स्वर्गबासी आमामा
सदा सम्मान ।

३.
कस्तो प्रलय !?!
अन्त्य ममतामयी
पीडा असह्य ।

४.
सृष्टि चरण
जन्मपछि अवश्य…
मृत्यु वरण ।

५.
आमाको काख
छुटे नि प्यारो न्यानो
नटुटोस् साख ।

६.
आमाका ज्ञान
महान् गुण विचार
सर्वदा ध्यान ।

७.
गरौँ कामना
स्वर्गमै होस बास
शान्ति चाहना ।

८.
दिनदिनमा
शोक बनोस् शक्ति है
छिनछिनमा ।

९.
आमा सम्झना
शब्द यी पुष्पाञ्जलि
श्रद्धासुमन !

१०.
छ है अर्पण
शोकाकुल जनमा
समवेदना !

वि.सं.२०८० जेठ १३ शनिवार ०६:४७ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...