
चन्द्रा न्यौपाने, टोखा, काठमाडौँ
१.
दुर्गा सरमा
मातृशोक असह्य
परिवारमा ।
२.
पीडा मनमा
स्वर्गबासी आमामा
सदा सम्मान ।
३.
कस्तो प्रलय !?!
अन्त्य ममतामयी
पीडा असह्य ।
४.
सृष्टि चरण
जन्मपछि अवश्य…
मृत्यु वरण ।
५.
आमाको काख
छुटे नि प्यारो न्यानो
नटुटोस् साख ।
६.
आमाका ज्ञान
महान् गुण विचार
सर्वदा ध्यान ।
७.
गरौँ कामना
स्वर्गमै होस बास
शान्ति चाहना ।
८.
दिनदिनमा
शोक बनोस् शक्ति है
छिनछिनमा ।
९.
आमा सम्झना
शब्द यी पुष्पाञ्जलि
श्रद्धासुमन !
१०.
छ है अर्पण
शोकाकुल जनमा
समवेदना !