back
CTIZAN AD

पाँच मुक्तक

वि.सं.२०८० जेठ १३ शनिवार

1.9K 

shares

रबि श्रेष्ठ, सन्धिखर्क, अर्घाखाँची


अल्छिपनले सिमा नाघ्यो, कलम पक्रन हात डराउछ
बस्न खोज्दा एकान्तमा, बिरक्तिएको कोईली कराउछ
जताततै उजाड मात्र देख्छु, खै समय पनि कस्तो आयो,
सुकेको रुखमा काग कराउँदा, मनलाई उदास गराउछ ।


जब जिन्दगिमा समस्यै समस्या, दुख पीडाको तीर लाग्छ
तब गलामा लगाएको फूलको माला गरुङ्गो जन्जीर लाग्छ
सफल हुँदा मेहनतले, बिग्रिंदा भाग्यलाई दोष दिने चलनले,
जीवनमा हार खाएको मान्छेलाई मूलबाटो पनि भीर लाग्छ ।


जिन्दगीमा कतै फूल, कतै काँडो हुन्छ
कहिँ पहाडको खोंच, कहिँ डाडो हुन्छ
समयको परिवर्तनसंगै यात्रामा जिन्दगि,
कसैलाई प्यारो त, कसैलाई घाँडो हुन्छ ।


हो समस्याहरुसंग जुध्दै कुरीतिलाई छल्न सके
आफ्नै अव्यवहारिक बानि व्यहोरा बदल्न सके
रमणीय जिन्दगिको शुरुवात, अवस्य हुने गर्दछ,
समय अनुसार सामाजिक परिवेसमा चल्न सके ।


सस्तो लोकप्रियता कमाउन मान्छे जे पनि बोल्न थाले
आफ्नै स्वार्थपूर्तिकै लागि नेतृत्व वर्गलाई पिरोल्न थाले
अहंताले शिखर चुम्यो, हरायो नैतिकता र मानवता नि,
काला कर्तुतहरु पन्छाएर साख भै मनपेट खोल्न थाले ।

 

 

वि.सं.२०८० जेठ १३ शनिवार ०६:४८ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...