back
CTIZAN AD

कविता : तर कविता

वि.सं.२०८० जेठ १३ शनिवार

1.3K 

shares

निम्बतरु, अर्घाखाँची

लागेको मात्र हो
मेरो कविता भूपिले पढुन्
टैंगोरले पढिदिएहुन्थ्यो
भिक्टर ह्युगोले पढुन्
लाग्ने मात्र यस्तो हो
तर कविता
जस्को बुद्विमा आगो लागेको छ त्यल्ले पढ्नुपर्छ
जस्को साथमा अलिअलि कोइला छ
सडक छेउमा बुटपालिस लाउदै गर्नेले पढेन भने
कालीमाटीमा तरकारी बेच्नेले पढेन भने
दिनभरि खेत जोत्ने हलीले पढेन भने
कुल्लीले पढेन भने
बगरभरि गिट्टी कुट्नेले पढेन भने
पँजाबमा कोठीभित्र काम गर्नेले पढेनभने
सिन्कीको झोलले पढेन भने
मलाई मर्नु हुनेछ
लाग्छ सुनिदिउन कविता शेलीले
लाग्छ कविता सुनिदिउन सिद्विचरणले
तर कविता
सुनुन्
जस्को मनमा बिस्फोटक पदार्थ छैन त्यल्ले
बार्दलीबाट भुईँ छोवाएर साडी सुकाउनेले सुनेर के अर्थ राख्छ
मञ्चमा आसिन आकाशले सुनेर के अर्थ राख्छ
कविता
सुनेर के अर्थ हुन्छ
घामको पाइला पच्छाउन नसक्नेले ।

 

वि.सं.२०८० जेठ १३ शनिवार ०६:४९ मा प्रकाशित

सर्वनाम थिएटरमा ‘वसन्त काव्य उत्सव: गजल साँझ सम्पन्न

सर्वनाम थिएटरमा ‘वसन्त काव्य उत्सव: गजल साँझ सम्पन्न

काठमाडौं । राजधानीको कालिकास्थानस्थित सर्वनाम थिएटरमा ‘वसन्त काव्य उत्सव’ अन्तर्गत...

झिल्का कविता

झिल्का कविता

बाबुराम गौतम, गुल्मी १. महङ्गीले छोयो आकाश गरिबले सजाएका सपना...

कविता : मातृशक्तिमा हजार लाख वन्दना

कविता : मातृशक्तिमा हजार लाख वन्दना

कृष्णप्रसाद पौडेल ''जस्ताधरे'' विदुर - ४, बट्टार, नुवाकोट अनेक श्रेष्ठ...

चारु

चारु

मन्दा पौडेल, काठमाडौँ शाश्वत छ,न त ऊ हार मान्छ,न कोहीसँग...

सुसेली

सुसेली

सुशीला पौडेल, कोटेश्वर १ आमाको माया हुनेछैन कहिल्यै कसैमा छाया...

गजल

गजल

सुधिर थापा, कुपन्डोल , ललितपुर जीवन तब हाैसिन्छ पुगे आस...