back
CTIZAN AD

लघुकथा : पापको परिणाम

वि.सं.२०८० जेठ १३ शनिवार

1.4K 

shares

रन्जना पराजुली लम्साल, काठमाडौँ

निकैदिनदेखि प्रकृतिलाई असजिलो महसुस भएको थियोे । कता– कता दुखेजस्तो, केहिले बेस्सरी हानेजस्तो अनि भित्रभित्र कोपरेजस्तो ।

हरिया बोटबिरुवाले भरिएका भित्ता जथाभावी कोपरी भट्टिपसलले भरिएको, सललल्ल बगेको खोला च्यापेर तलातला घर ठडिएको अनि घना बाघ लुक्ने जङ्गलका रुखहरु ठुटा भएर पातलिएको दृश्यले झन भननन्न रिंगटा छुटायो ।

यसरी बिनास गर्न मान्छे अघि सर्छ त्यसको फल भोग्न चाहिँ तयार हुँदैन र दोष प्रकृतिलाई थुपार्छ । अचम्मको मान्छे छ । उ बिना हामी बाँच्छौ तर हामी बिना उ बाँच्न सक्दैन, यो कुरा मनन गर्ने क्षमता उमा छैन जब कि ठुलो बिपत्तिले नछोएसम्म ।

एकाएक प्रकृतिका कान गुनगुन आवाजतिर खिचिन्छ ।

पहिलो – ‘ए– ए ती लस्करै चारवटा रुख हेर्त ।’

दोस्रो –‘हो – हो कति सुरिला र मोटा ।’

पहिलो – ‘त्यही त, यसबाट निस्केका काठले काइदाका फर्निचर बन्छन् । लु काटिहाल्यौ भोलि अर्कोले लान्छ फेरि ।’

दोस्रो –‘काट्न त काट्ने तर पास चाहिँ कसरी गर्ने ।’

पहिलो – ‘तँ पिर नगर्न म सबै मिलाउँछु थाहा नहुनेगरि । जे गर्छ पैसाले गर्छ। पैसा भएपछि सबैथोक हुन्छ ।’

दोस्रो – ‘सबैथोक ? के के सबैथोक ?’

पहिलो – ‘छिमेकीले छिमेकीको किड्नी बेच्छ थाहा हुँदैन । प्रेम गरेर बिहे गरेकी स्वास्नी बेच्छ लोग्नेले तर स्वास्नीलाई थाहा हुँदैन अझै आफ्नै दाजुले बहिनी बेच्छ बहिनीलाई थाहा हुँदैन । यी सबै पैसाकै लागी पैसाले नै गर्छ । ल ल अब रुख काट् । रुख काटेर बेचेपो पैसा आउँछ । धेरै कुरा नसोध ।’

दोस्रो – ‘हैट , यो पैसा भन्ने चिज पनि कस्तो होला’ भन्दै बन्चरोले रुखको फेदमा एकोहोरो हान्न थाल्यो ।

जताततैको थिचोमिचोले भाउन्न भएकी प्रकृतिले बन्चरोको पीडा सहन सकिनन् र बेस्सरी चिच्याइन । उनको चित्कारले पृथ्वी गडगडाइन गुडुडुडुडु अब तिमी हरुलाई म पनि छोड्दिन पापको परिणाम भोग भन्दै ।

त्यसपछि मान्छे भागाभाग गर्न थाले । भन्न थाले ‘हे भगवान बचाउ । धन पैसा केहि चाहिदैन, हामी र हाम्रा सन्तानको रक्षा गर ।’

वि.सं.२०८० जेठ १३ शनिवार ०६:५१ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...