back
CTIZAN AD

नेपालको शिक्षा प्रणाली र त्रिभुवन विश्वविद्यालय सुधारका उपायहरु

वि.सं.२०८० जेठ १३ शनिवार

4.6K 

shares

‘नेपालको शिक्षा नीतिमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था अनुकुल सर्वसाधारण जनताको सदाचार, सिष्टाचार र नैतिकता कायम राख्न मुलुक भित्र स्थापना हुने र स्थापना भई संचालन भैरहेका विश्वविधालयको व्यवस्थापनमा सुधार गर्दै गुणस्तरिय शिक्षाको विकास गर्ने’ भन्ने नेपालको संविधानमा उल्लेख भएता त्यसतर्फ सम्बन्धित निकायको मौनताले आज विश्व विद्यालय आलोचनाको केन्द्रविन्दुमा परेको छ । विश्व विधालयको सुधार भन्दा नीति बढि वनाउने र शिक्षा क्षेत्रको बारेमा आवश्यकता भन्दा वढि भाषण लगायतका टिकाटिप्पणिले विश्व विद्यालयको शैक्षिक गुणस्तरमा सुधार हुन सक्छ र ? भन्ने प्रश्न चौतर्फी उठ्ने गरेको छ । एकातिर ‘शिक्षाको अवसरवाट कसैलाई पनि वन्चित गरिने छैन’ भन्ने अर्को तिर दिनहँु उचित एवं गुणस्तरिय शिक्षाको अभावमा लाखौँ नेपाली विद्यार्थी विदेश अध्ययन गर्न जाने लर्को पछिल्लो समय झनै बढेको पाईन्छ ।

नेपालको संविधान २०७२ ले शिक्षासम्बन्धी हकको व्यवस्था गरेको छ जसमा प्रत्येक नागरिकलाई आधारभूत शिक्षामा पहुँचको हक हुनेछ । राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने हक हुने छ । अपाङ्गता भएका र आर्थिक रूपले विपन्न नागरिकलाई कानुन बमोजिम निःशुल्क उच्च शिक्षा पाउने हक हुने छ । दृष्टिविहीन नागरिकलाई ब्रेललिपि तथा बहिरा र स्वर वा बोलाइ सम्बन्धी अपाङ्गता भएका नागरिकलाई साङ्केतिक भाषाको माध्यमबाट कानुन बमोजिम निःशुल्क शिक्षा पाउने हक हुनेछ । (नेपालमा बसो बास गर्ने प्रत्येक नेपाली समुदायलाई कानुन बमोजिम आफ्नो मातृभाषामा शिक्षा पाउने र त्यसका लागि विद्यालय तथा शैक्षिक संस्था खोल्ने र सञ्चालन गर्ने हक हुने छ भनिएता पनि यसको कार्यान्वयन भयो कि भएन भन्ने तर्फ सुक्ष्म रुपमा अनुगमन भएको देखिदैन । जसका कारण संविधानमा उल्लेख भएको शिक्षाको हकबाट आज धेरै नागरिक वन्चित हुनु परेको छ । अर्कोतर्फ बालबच्चालाई महँगो बोर्डिग स्कुलमा नै पढाउनु पर्दछ भन्ने देखावटी होडवाजीले आम सर्वसाधरणको ढाड सेकेको छ । हजारौंको संख्यामा विद्यार्थीहरु उच्च शिक्षाको लागी विदेश पलायन भएको अवस्था छ । उचित र गुणस्तरिय शिक्षाको अभावले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धी, आधुनिक सूचना तथा सञ्चार प्रविधि प्रयोग गर्न सक्ने, विश्व परिवेश सुहाउँदो दक्ष जनशक्ति तयार गर्ने गर्नुपर्ने एकातर्फ चुनौति वढाएको छ भने अर्कोतर्फ रोजगारीको अवसरबाट आम नागरिक वन्चित हुनु परेको दृष्टान्त सबै सामु उजागर भएको छ ।

नेपालमा वि.स. २०७७ को तथ्यांकलाई आधार मान्दा विश्व विद्यालयको संख्या ११ कलेजहरुको संख्या १४३७ र चिकित्सा सिक्षा सँग सम्बन्धित मेडिकल कलेज ४ रहेको देखिन्छ । गुणस्तरको कुरा गर्दा नीजि क्षेत्र तर्फ संचालित मेडिकल कलेज लगायत अधिकांशमा चर्को शुल्कको दबदबा भएको गुनासो विद्यार्थीको गुनासो एकातर्फ छ भने अर्केातर्फ गुणस्तरिय शिक्षाको अभाव देखिन्छ । नेपालको उच्च शिक्षाका विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको त्रिभुवन विश्व विद्यालय आज अनेक समस्याले आफै थला पर्ने अवस्थामा देखिएको छ । देशभर आंिगक क्याम्पसहरुको विस्तार गरेर पनि नपुगेकोले नीजि क्याम्पस खुल्दै आइरहेका छन् । विश्वविद्यालय अन्तरगतका क्याम्पस हरुमा विगत वर्षहरुमा विद्यार्थीको चाप तिव्र थियो र हालका वर्षहरुमा विद्यार्थी संख्या क्रमश घटिरहेको देखिन्छ । विद्यार्थी भर्ना त्रिभुवन विश्वविद्यालय लगायत देशभरमा रहेको विभिन्न विश्व विद्यालय तथा सम्वन्धन प्राप्त कलेजमा समेत न्युन रहेको छ । विशेष गरि विद्यार्थीे स्वदेशमा गुणस्तरीय उच्च शिक्षाको अभाव, व्यवसायिक शिक्षाको अभाव, रोजगारीको अभाव, सरकारी कलेजमा पुर्वाधारको अभाव, नियमित पढाईको अभाव, समयमा परिक्षा नहुने, परिक्षा भए पनि परिणामको लागी एक वर्ष भन्दा पनि वढि कुर्नु पर्ने कारण विद्यार्थीहरु दिनहुँ उच्च शिक्षाको लागि विदेश पलायन भैरहेको अवस्था छ । त्यसो त अध्ययन पुरागरि सकेपछि योग्यता अनुसारको रोजगारीको पनि अभावले धेरैलाई पिरोलिरहेको देखिन्छ । विद्धान होम्लसले भने जस्तै ‘ज्ञानी मानिसहरुको कर्तव्य शिक्षा दिनु हो अनि वुद्धिमानहरुको कर्तव्य त्यसलाई सन्नु हो’ । हाम्रा विश्व विद्यालयका गुरुहरुले पनि पेशागत मर्यादालाई ख्याल राख्दै विद्यार्थीलाई गुणस्तरिय शिक्षा दिन लागि पर्नुपर्दछ भने विद्यार्थीले पनि गुरुले पढाएको कुरा ध्यान दिएर मनन गर्नु पर्दछ । त्यसो गरे मात्र देशमा शिक्षा क्षेत्रको विकास हुन्छ । यसै सन्दर्भमा अर्को विद्धान भन्नु हुन्छ ‘ शिक्षक के हो र त्यस भन्दा महत्वपूर्ण त उसको शिक्षण हो’ तसर्थ यस प्रेरक भनाईलाई मनन गर्दा शिक्षक जोहोस पिएचडि डाक्टर वा प्रोफेशर, उसले विद्यार्थीलाई कक्षा कोठामा प्रयाप्त समय दिँदैन र पर्यटक जस्तो कहिले काही आएर कक्षा लिन्छ त्यो पनि प्रभावकारी हुँदैन भने उसको शिक्षण राम्रो मानिदैन । तसर्थ शिक्षक मुख्य कुरा होइन उसको शिक्षण कला र बुझाउन सक्ने क्षमता हो, जसले विश्व विद्यालयमा हाल देखिएको समस्याको ५० प्रतिशत हल गर्दछ भन्नुमा कसैको दुइमत नरहला । विद्यार्थीहरुको शैक्षिक गुणस्तरमा सुधार हुन नसक्नुको कारणहरुमा प्रयाप्त वजेट विनियोजनको अभाव, कलेजका अधिकांश प्राध्यापकहरु सरकारी कलेजमा हाजिर गरेर आर्थिक लाभलाई ध्यान दिइ अन्य नीजि कलेजमा आबद्ध हुने, राजनीतिक हस्तक्षेप, वेला वेलामा हुने तालावन्दी, चुनाव लगायतले शैक्षिक क्यालेण्डरलाई समेत नियमित प्रभावित वनाईरहेकोले समेत शैक्षिक गुणस्तर दिन प्रतिदिन कमजोर बन्दै गएको देखिन्छ । गुणस्तरिय शिक्षाको खोजि, व्यवसायीक शिक्षा, रोजगारि, विलासि जीवनको अभिलाशा, मनोरंजन, साथीभाईको प्रभाव लगायतल प्लस टु उतिर्ण गरे पश्चात अध्ययनको नाममा अवसरको खोजि गर्दै विदेश जाने विद्यार्थीहरुको संख्या ह्वात्तै बढ्दै गएको छ । जसको कारण एकातर्फ विदेशी मुद्राको संचिती घटेको छ भने अर्कोतर्फ बौद्धिकवर्गको पलायन दिन प्रतिदिन बढिरहेको देखिन्छ । तसर्थ उपरोक्त समस्याको समाधानको लागि देशको समग्र सैंक्षिक प्रणाली र नीतिमा परिवर्तनको जरुरी छ ।

यसको आमुल संरचनागत परिवर्तनले मात्र विश्व विद्यालयको धुमिल भएको छविमा सुधार आउन सक्ने छ । यसको लागि संरचनागत सुधार, राजनीतिक हस्तक्षेपवाट मुक्त, व्यवसायिक एवं व्यवहारिक शिक्षामा जोड, अनुसन्धानमुलक शिक्षामा जोड, समय सापेक्षा भौतिक संरचनामा सुधार गर्ने, परिक्षा समय र नतिजालाई समयमा प्रकाशन गर्ने, नियुक्तीको मापदण्डलाई कार्यान्वयन गर्दै भागवण्डाको संस्कृति र राजनीतिक हस्तक्षेपलाई हटाउने, अनुगमनलाई तिव्रता दिने, स्थायी शिक्षकलाई अन्य निजी कलेजमा अध्यापन गर्न निरुत्साहित गर्ने, विद्यार्थीसँग अन्तरक्रियाको वातावरण कायम गर्ने, भौतिक पुस्तकायलय लगायत इ–लाईव्रेरि समेतको प्रयाप्त व्यवस्था गर्न सक्नु पर्दछ । त्यस्तै विश्वविद्यालयमा व्यवस्थित र सुरक्षित आवास गृहको व्यवस्था गर्ने, विद्यार्थी मैत्रि र प्रविधि मैत्रि वातावरण सृजना गर्ने, हाम्रो नभई राम्रो व्यक्तिको खोजि गर्ने, विश्व विद्यालयलाई विद्यार्थी केन्द्रित बनाउने, ‘शिक्षा आर्जन गरेपछि रोजगारीको लागि नेपालमै प्रयाप्त अवसर छ’ भन्ने सुनिश्चितासहितको शिक्षा नीति बनाउन आवश्यक छ । विश्व विद्यालयको मिचिएको जग्गा जमिनको खोजि गरि साँध कायम गर्ने र चौतर्फी पर्खाल लगाउने, विश्व विधालयले पुराना भवनको अलावा नयाँ भवन बनाउने, सफा सुन्दर र हरियाली बनाउने, अत्याधुनिक इ लाईव्रेरि लगायत राम्रो पुस्तकालयको विकास गर्ने, विद्यार्थीलाई गुणस्तरिय व्यवसायिक शिक्षामा जोड दिने, सवै प्रोफेशरहरु, कर्मचारीहरु लगायत राजनीतिक हस्तक्षेपवाट मुक्त भई असल शिक्षाको थलोको रुपमा विश्व विद्यालयलाई विकास गर्न सकेमा भावि पुस्ता लगायत अन्य पूर्वविद्यार्थी र समग्र समाज साथै अन्तर्राष्टिय क्षेत्रले पनि मुक्त कण्ठले प्रशंसा गर्ने थियो भन्ने कुरामा कसैको विमति नरहला ।

(लेखिका त्रिभुवन विश्व विद्यालय व्यवस्थापन संकायमा स्नातोकत्तर अध्ययनरत विद्यार्थी हुन् ।)

वि.सं.२०८० जेठ १३ शनिवार १३:२० मा प्रकाशित

“खत्तम छ” भन्ने भाष्यबाट ‘के गर्न सक्छौं ?’

“खत्तम छ” भन्ने भाष्यबाट ‘के गर्न सक्छौं ?’

हामी भेट हुँदा प्रायः सोध्छौंः “के छ खबर ?” उत्तर...

नेपाली वाम आन्दोलनमाथि प्रश्न- वर्गीय पक्षधरता कि देखावटी क्रान्तिकारिता ?

नेपाली वाम आन्दोलनमाथि प्रश्न- वर्गीय पक्षधरता कि देखावटी क्रान्तिकारिता ?

सलाम रोल्पामा ऋषिराज बरालले झिंगाको प्रसंग धेरै ठाउँमा उल्लेख गरेका...

पेसा फेरियो, दलन फेरिएन

पेसा फेरियो, दलन फेरिएन

काठमाडौँ । नेपालमा समाजिक विभेदको इतिहास विडम्बनापूर्ण छ । जुन...

सांसद तामाङको खाली खुट्टा ‘आस्था’ कि ‘स्टन्ट’ ?

सांसद तामाङको खाली खुट्टा ‘आस्था’ कि ‘स्टन्ट’ ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की संघीय सांसद आशिका तामाङ प्रत्येक...

देउवाको नयाँ अध्याय कि पुरानै शक्ति–संघर्ष ?

देउवाको नयाँ अध्याय कि पुरानै शक्ति–संघर्ष ?

पाँच महिनापछि नेपाल फर्किएका नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले जारी...

कृषि नीति असफलताको कारण र सुधारको बाटो

कृषि नीति असफलताको कारण र सुधारको बाटो

​ हाम्रो अवस्था र परनिर्भरताको विडम्बना ​नेपालको संविधान, राष्ट्रिय दीर्घकालीन...