back
CTIZAN AD

एनआरएनएको अमेरिकाज क्षेत्रीय नेपाली स्वास्थ्य सम्मेलन सम्पन्न

वि.सं.२०८० जेठ १७ बुधवार

804 

shares

विजय थापा,अमेरिका । प्रथम एनआरएनए अमेरिकाज क्षेत्रीय नेपाली स्वास्थ्य सम्मेलन सम्पन्न भएको छ । अमेरिकाको टेक्सास राज्यको ड्यालस क्षेत्रमा आयोजित उक्त सम्मेलन मे २६–मे २८ सम्म चलेको थियो ।

उक्त सम्मेलनलाई टेक्ससको अर्बिङ शहरका नगर प्रमुख ओस्कर वार्डले सम्मेलनलाई नेपाली स्वास्थ्य दिवसको घोषणा गरेका थिए ।

मे २६ र २७ मा भौतिक रुपमा उपस्थिति भै सम्मेलन संचालन गरिएको थियो भने २८ का दिन त्यसैलाई निरन्तरता दिदै परोक्ष (भर्चुअल) रुपमा विभिन्न बिज्ञहरुले विभिन्न बिषयमा प्रस्तुति दिएका थिए ।
मे २७ शुक्रबारका दिन गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय स्वास्थ्य बिभागका सभापति डा संजिव सापकोटा तथा स्थानीय रुपमा संयोजन गर्ने एनआरएनए अमेरिकाका स्वास्थ्य समितिका सभापति डा प्रकाश श्रेष्ठले स्वागत तथा कार्यक्रमबारे जानकारी गराएका थिए । डा किरण सापकोटा, डा संजिव सापकोटा, डा प्रकाश श्रेष्ठ लगायतले कार्यक्रम संचालन गरेका थिए ।

स्वास्थ्य र मनोरंजन हेतु दोश्रो दिन मे २७ का दिन ५ किमि हिडाई तथा दौडको आयोजना गरिदै सम्मेलनकोे सुरुवात गरिएको थियो ।
टेक्सस राज्यकै युलेस शहरबाट नगर परिषद सदस्यमा निर्वाचित टिका पौडेलको प्रमुख आतिथ्यता रहेको उक्त दोश्रो दिनको उद्घाटन समारोहमा एनआरएनएका केन्द्रीय महासचिव गौरी जोशी लगायतले सयुक्त रुपमा सम्मेलनको उद्घाटन गरेका थिए ।

सम्मलेनमा स्वास्थ्य परिचारिका (नर्स पेशा) सम्बन्धि डा विभा गौतम, अन्जु खरेल, मानसिक स्वास्थ्य सम्बन्धि रेखा कोइराला, दाँत सम्बन्धि दन्त्यरोग विशेषज्ञ स्मृति राजभण्डारी अमात्य,मधुमेह रोग सम्बन्धमा डा निल अमात्यले प्रस्तुति दिएका थिए ।

सम्मेलनमा इम्प्याक्ट नेपाल, एएनपिए, एनआईओएमएच,एनएसटि ,नेपाली समाज टेक्सस, एएनएमएफ, एनआरएनए, बिडीएफ, एचएफंएन लगायतका संस्थाहरुका प्रतिनिधिहरु सहित आमन्त्रित व्यक्तित्वहरुले संस्थाको बारेमा प्रकाश पार्नुको साथै शुभकामना समेत दिएका थिए ।

तेश्रो दिन आध्यात्मिक गोष्ठी लगायत परोक्ष रुपमा कार्यक्रमको आयोजना गरिएको थियो । नेपालबाट नै आध्यामिक सम्बन्धमा जीवन बिज्ञानका गुरुदेव एलपी भानुले बोलेका थिए । प्रारम्भदेखि नै कार्यक्रमको संचालन डा. निशा शर्मा तथा रामहरी रौनियारले गरेका थिए ।
सम्मेलनमा विभिन्न क्षेत्रमा योगदान गरेका व्यक्तित्वहरुलाई सम्मान समेत गरिएको थियो ।

वि.सं.२०८० जेठ १७ बुधवार १६:४९ मा प्रकाशित

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्स । सेसेल्समा कार्यरत नेपाली समुदायले स्वाथ्य सेवामा विशेष सहुलियत...

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास, ब्रसेल्सले बेल्जियमस्थित विभिन्न नेपाली संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूसँग...

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

क्यानडाका लागि नेपाली राजदूत भरतराज पौड्यालले यस सप्ताहन्त टोरन्टोको स्कारबरोस्थित...

एनआरएनएको १७ औँ युरोप क्षेत्रीय सम्मेलन आजदेखि सुरु

एनआरएनएको १७ औँ युरोप क्षेत्रीय सम्मेलन आजदेखि सुरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७औँ युरोप क्षेत्रीय सम्मेलन -...

नेजस फ्रान्सको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा शिवराम भण्डारी निर्विरोध

नेजस फ्रान्सको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा शिवराम भण्डारी निर्विरोध

नेपाली जनसम्पर्क समिति (नेजस) फ्रान्सको तेस्रो अधिवेशन पेरिसमा सम्पन्न भएको...