back
CTIZAN AD

सिटिजन्सद्वारा मन्दिरलाई क्युआर कोड भएको आधुनिक चन्दा बाकस प्रदान

वि.सं.२०८० जेठ २७ शनिवार

927 

shares

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको बागमती प्रदेश अन्तर्गत देवीघाट शाखाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देवीघाट, नुवाकोटस्थित श्री जल्पा देवी मन्दिरलाई क्युआर कोड भएको आधुनिक चन्दा बाकस प्रदान गरेको छ ।

बिहीबार एक समारोहबीच देवीघाट शाखाले स्थानीय प्रतिनिधि, मन्दिर संरक्षण समितिका अध्यक्ष मानबहादुर डंगोल र बाँकी सदस्यहरू, बैंकका कर्मचारीहरू लगायत आसपासका प्रतिष्ठित स्थानीय र शुभचिन्तकहरूबीच आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व पहल अन्तर्गत जल्पा देवी मन्दिरलाई चन्दा बाकसको चाबी हस्तान्तरण गरेको छ । जसमा भौतिक नगद वा क्युआर वा फोन पे एप मार्फत मन्दिरमा दान गर्न सकिन्छ । सिटिजन्स बैंक परिवार सहित देविघाट शाखाको यस सहयोगको लागि अधिकांश सहभागीहरूले सम्मान र प्रशंसा व्यक्त गरेका छन् ।
निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत यस्ता कार्यक्रमहरु प्रदेशका अन्य शाखाहरु मार्फत पनि संचालन गर्ने योजना रहेको जनाएको छ । सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि क्षेत्रमा निरन्तर सहयोग गर्दै आइरहेको यस बकैंले आगामी दिनहरुमा अन्य सशक्त ढंगबाट यस्ता कार्यक्रमहरु अगाडि बढाउने योजना रहेको जनाएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८३ वटा शाखा, ३ वटा विस्तारित काउण्टर, १४० वटा एटिएम, ६ वटा कियोस्क सेवा र ९७ वटा शाखा रहित बैंकिङ ईकाईहरुबाट सेवा प्रदान गर्दै आएको छ ।

वि.सं.२०८० जेठ २७ शनिवार ०७:३६ मा प्रकाशित

यस्तो छ  आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ  आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले आज (बिहिबार)का लागि विदेशी मुद्राको...

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ? 

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ? 

काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले आज (बुधबार)का लागि विदेशी मुद्राको...

एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

काठमाडौँ । एनएमबि बैंक लि. ले ६५ मेगावाट क्षमताको मनाङ...

बाँदर–बँदेलको नियन्त्रणका लागि संसद्मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव

बाँदर–बँदेलको नियन्त्रणका लागि संसद्मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव

काठमाडौँ । बाँदर र बँदेलबाट कृषि बालीमा क्षति बढ्दै गएपछि...

माछापुच्छ्रे बैंकको ‘एम–स्मार्ट’बाट कर तिर्दा पुरस्कार जित्ने अवसर

माछापुच्छ्रे बैंकको ‘एम–स्मार्ट’बाट कर तिर्दा पुरस्कार जित्ने अवसर

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आन्तरिक राजस्व विभागसँगको सहकार्यमा सञ्चालन...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको...