भुपाल अधिकारी, बिराटनगर
मोहनीको बाण चल्यो मुटु जलाई भित्र भित्रै
छोइ दिन्छन् स्पर्शले आगो लगाई भित्र भित्रै
रंग गोरो रुप तिम्रो चादँनी झैं आज देखे
लाग्छ कसले जादु गर्यो मन उडाई भित्र भित्रै
माहुरीले फूल चुस्दै प्रेम गर्ने चाह गर्दा
डाकि लग्छन् बागमा भ्रमर बनाई भित्र भित्रै
त्यो जवानी बैंश जोवन सम्झिनेले खेल जस्तो
घात गर्छन् कोखमा भाला धसाई भित्र भित्रै
माकुराको जाल जस्तो बुन्छ जालै निष्ठुरीले
मार्न थाले प्रेममा घाँटी दबाई भित्र भित्रै
बहर – रमल मुसम्मन सालीम
अर्कान -२१२२ २१२२ २१२२ २१२२
वि.सं.२०८० जेठ २७ शनिवार ०८:३७ मा प्रकाशित






























