back
CTIZAN AD

छन्द कविता: जुँगालाई घिउ भरी

वि.सं.२०८० जेठ २७ शनिवार

1.4K 

shares

वेद प्रसाद ढुङ्गेल (विपिन अगस्ति )
फिक्कल, इलाम

भ्यागुताले गरी टर्र, घुम्छ कुवा वरपर ।
चढे काँध वहीँ अब, बिष्ट्याउँछ रे बाँदर ;
अति बाठो हुँदा आची ,खान्छ रे कौवा त्यो चरी ;
कुभिण्डो बोकाको मुख , अटाउन्न कसैगरी ।


असम्भव हुने काम, किन गर्नु परिश्रम ?
छेपारो घाम ताप्छ रे, बिर्सेर सब उद्यम ।
जान्न सुँगुर स्वर्गमा, रमायो नर्कमै परी;
कुत्ता पुच्छर सोझिन्न , नचलाऊ घरिघरि ।


फर्कन्न मुखको बोली, गोली बन्दुकको अनि;
जिब्रो स्वादे भए अल्छे, तिघ्रो हुन्छ रे भन्छ नि ।
च्याउ काफी पलाउँछ, परेमा असारे झरी;
मुखलाई मही छैन, जुँगालाई घिउ भरी ।


नजाने गाउँको बाटो, नसोध्नु दुःख पाउन;
अरू हात्ती चढे धुरी, नचढ्नु लौ देखाउन ।
कालो अक्षर भैंसीले ,खोजे हुन्छ पाटी खरी ;
भीरमा पो गयो गोरू, टाढैबाट हरि हरि ।


छालामा बाघको भन्छन् ,स्यालको रजाई अरे ;
टुप्पोबाट पलाउने, फुर्फुरै अति गर्छ रे ।
हो हाँडी गाउँ बाँचेमा ,हुन्छन् जात्रा थरी थरी ;
शिरमा पुगे’ धोतीको, जुम्रा’ कुद्छ रे बेसरी ।


सर्पलाई दुधै ख्वाए, पनि विषै ओकल्दछ;
नहुने त मकै पनि, कालीपोके पो फल्दछ ।
हिँड्छ स्याल कराउँदै, आफैं राजा भए सरि ;
कुतर्कमा तिमी गर्नु, हो हो पाडरी पाडरी ।

छन्द : अनुष्टुप छन्द

वि.सं.२०८० जेठ २७ शनिवार ०९:२४ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...