back

सहारा

वि.सं.२०८० जेठ २७ शनिवार

369 

shares
NTC AD
Global IME AD

विद्याको मन्दिर विद्यालय जहाँ हजारौं फूलहरु फक्रिरहेका थिए अनि फुलिरहेका थिए । रितेश तिनै फुल्दै फक्रिदै र ओइलाएर झर्दै गरेका फूलहरु नियालिरहेको थियो । फूलहरुको रस चुस्दै भुर्र उड्दै गरेको पुतली छोप्न यता र उता दगुथ्र्यो । साँच्चै ! प्रकृतिको अनमोल उपहार फूलहरुले बालकदेखि वृद्धासम्म सबैको मन मोहित पारेको हुन्छ । फूलहरुको आ–आफ्नै रंग छ फरक सुगन्ध छ । तिनै फरक रंग र सुगन्धको नसामा भमरा लठ्ठिएको हुन्छ ।

प्रदेशकै नमुना स्कुल ठूलो बगैचा रङ्गी बिरंगी फूलहरुको सौन्दर्यतामा हराउँदा रितेसले आफुलाई बिर्सेको रहेछ ।

‘ए रितेस ? तिमि यहाँ ट्वाल्ल परि के हेरेर बसेको ? कक्षामा जानु पर्दैन ?’ पछाडीबाट रिताले आवाज दिँदा रितेस झस्कियो ।

‘पुतली समात्न खोजेको सकिनँ, ल हिँड जाउ’ भन्दै रिता र रितेस कक्षा कोठामा गए ।

सबै विद्यार्थीलाई माया गर्ने गुरुआमा रमिलाले सामाजिक बिषय पढाउँदै हुनुहुँदो रहेछ ।

गुरुआमाले रितेसलाइ भन्नुभयो ! ‘कक्षा छोडेर बाहिर कहाँ गएको रितेस ?’

‘पानी पिउन गएको ।’ गुरुआमालाई रितेसले जवाफ फर्कायो ।

‘पानी पिउन यतिका समय लाग्छ ?, मैले कति धेरै पाठ पढाइ सके म आउनु अघि तिमि कक्षामा थिएनौ ?’ गुरुआमाले भनिन् ।

रितेस अक्मकिदै भन्यो–‘गुरुआमा पानी पिएपछी पेट दुखेर शौचालय पनि गएको थिए ।’ अनुहार रातो बनाउदै अर्को झुट थप्यो ।

गुरुआमाले रितेसको मनोविज्ञान बुझेर होला, ‘अनुशासित बन्नु पर्छ है रितेस, अनि ठुलो र असल मान्छे बन्न सकिन्छ ।’ गुरुआमाले सामाजिकको पाठ पढाउनु भयो र अर्को घन्टी बजेपछी ‘भोलिको यो पाठ पढ्नु म भोलि प्रश्न सोध्नेछु’ भन्दै गुरुआमा कक्षा बाहिर निस्कनु भयो ।

कक्षा कोठाबाट रमिला गुरुआमा गएपछि सबै विद्यार्थीहरु आ–आफ्नै धुनमा थिए । कसैले भर्खरै पढाएको पाठ पढेर छलफल गरिरहेका थिए त कोहि हो हल्ला मच्क्याई रहेका थिए ।

रिता कक्षाकी मनिटर थिइन् । उनले ‘हल्ला गर्नु हुदैन पहिलो बेन्चका साथीहरुले जस्तै पढाइको बारेमा छलफल गर्ने प्रश्नोत्तर गर्ने गर्नुपछर्’ भन्दै पछाडीको बेन्चमा बसेर हो हल्ला गर्ने साथीहरुलाई सम्झाउदै थिइन् ।

यत्तिकैमा प्रधानाध्यापक ऋषि सर कक्षा कोठामा आइपुग्नु भयो । वचत तथा अनुशासनको बारेमा बिद्यार्थीलाइ परामर्श गर्नु भयो । उहाँले भन्नु भयो–अनुशासन विद्यार्थीको गहना हो । अनुशासन भनेको आफ्नो पवित्र आत्माले आफैलाई शासन गर्नु हो । कक्षा कोठा र विद्यालयका आचारसंहिता मान्नु, राज्यले बनाएका नियम कानुनलाई पालना गर्नु अनुशासन हो । अनुशासित विद्यार्थी मात्र देशको लागि समाजको लागि घर परिवारको लागि र आफ्नो लागि ठुलो असल र सफल व्यक्ति बन्न सक्दछ । त्यसैले हामीहरुले अरुलाई ढाँटन सकिन्छ तर आफ्नो आत्मलाई ढाँटन सकिदैन । गुरुले, आमाबुवाले र आफ्नाले कहिल्यै गलत बाटो देखाउदैनन् । सधै असल मान्छे अनुशासित मान्छे बन्ने प्रेरणा प्रदान गर्दछन् । तर हामी आफ्नो आत्मालाई ढाटिरहेका हुन्छौ गुरु र आमा बुवाले भनेका कुराहरुलाई बेवास्ता गरिरहेका हुन्छौ । त्यसैले हामी गलत बाटोतर्फ अगाडी बढेर अनुशासनहीन क्रियाकलाप गरिरहेका हुन्छौ । जसले हाम्रो जीवनलाई अन्धकारतर्फ धकेलीरहेको हुन्छ ।

यसैगरी हामीले फजुल खर्च कटौती गरि बचत गर्ने बानीको पनि विकास गर्नु पर्दछ । आज गरेको बचतले भविष्यमा ठुलो खाँचो टर्ने लगायत विभिन्न ज्ञानमुलक र चेतनामूलक अर्ति उपदेश दिदै …धेरै कुरा भनिरहनु भएको थियो । कक्षा कोठामा सुनसान थियो मन्त्र मुग्ध भएर सबैले हेडसरका कुरा सुनिरहेका थिए । हेडसरले २० मिनेट जति आफ्ना कुरा विद्यार्थीलाई सुनाउनुभयो र कक्षा कोठाबाट बाहिरिनुभयो ।

यो घन्टीमा पढाउने रमेश सर बिदामा भएकोले समयको सदुपयोग गर्न हेडसर आउनुभएको थियो ।

हेडसरका कुराले रितेसलाइ झस्कायो । ‘मैले गुरुआमालाई ढाँटे । फूलवारीमा फूलहरु संग रमाएर पुतली छोप्ने प्रयासमा लामो समय कक्षा कोठा बाहिर बसेर गुरुआमालाई पानी पिउन र पेट दुखेर शौचालय गएको झुट माथि झुट थप्दै गए एक झुट लुकाउन अरु नयाँ बहाना बनाए ।

मैले त गुरुआमालाइ मात्र ढाँटिन । ओहो मैले त आफ्नो आत्मालाई समेत ढाँटेछु ।’ भनेर रितेसलाइ ठुलो आत्मगलानी महसुस भयो ।

निशुल्क स्वास्थ्य सिविर रहेछ । खुसी हुँदै डाक्टर भएको क्याविनमा पसिन् । उनी छक्क परिन् डाक्टर अरु कोहि नभएर बचपनको साथि रितेस रहेछ । रितेसलाई देख्नासाथ चिनिन् । तर, रितेसले रीतालाई चिन्न सकेन । लामो समयको अन्तरालमा भेट भएको थियो । उनी दुःखले गर्दा उमेर भन्दा बढी बुढी देखिन्थिन् । रिताले आफ्नो परिचय दिँदै सोधिन् । ‘रितेस हाम्रो परिवारको बिचल्ली पछी म मामाघर गए । तिमि कसरी आज डाक्टर बन्यौ ? आखिर बिचल्लीमा त हाम्रो दुवै परिवार परेको थियो नि ?’

अब उप्रान्त आफुले आफुलाई र अरु कसैलाई पनि कदापि नढाट्ने प्रण गर्यो र कक्षाबाट बाहिर निस्क्यो रितेस ।

रमिला मेडमलाई यता उता खोज्न थाल्यो । सायद अर्को कक्षामा पढाउन जादै हुनुहुन्थ्यो होला बाटोमा भेटिनु भयो । रितेसले मेडमको अघि उभिएर दुइ हातले कान समात्यो र आफुले ढाँटेको सबै कुरा बेलिबिस्तार सुनायो । गुरुआमा भावुक भएर भन्नुभयो, ‘यसरि गरेको गल्ति महसुस गर्ने क्षमा माग्ने व्यक्तिले कहिल्यै गल्ति दोहोराउदैनन् र अनुशासित बनेर भविष्यमा ठुलो असल र सफल व्यक्ति बन्दछन् ।’ भन्दै रितेसलाई क्षमा गरिदिनु भयो । रितेस खुशीले गदगद हुदैँ कक्षा कोठा तर्फ गयो ।

रितेस र रिता छिमेकी साथि थिए संगै खेल्दै खेल्दै घर गए । संधैको चकचके चुलबुले र बोलि बोलीमा नयाँ बहाना बनाएर बुवा आमालाई ढाट्ने रितेसको फरक स्वभाव देखेर बुवाआमा दंग परेका थिए, । रितेसमा यस्तो परिवर्तन कसरि आयो भनेर ।

एकदिन बुवाले जिस्काउँदै भन्नुभयो–ए रितेस ! आजकल त निकै जाति भएको छस् त ? के ओखती खाइस र ? बल्ल मेरो छोरो ज्ञानी भयो ठुलो भएर पक्कै केहि बन्नेछ ।’

रितेसले मुस्कुराउदै भन्यो–‘बुवा म ठुलो भएर डाक्टर बन्ने हो ।’

‘बनिस् डाक्टर, किसानको छोरो डाक्टर बन्नी अरे ! के को खर्चले पढ़ाउनी हो बरै मेरो सानो जागिरले जसोतसो घर खर्च धानीएको छ ।’
‘थोपा–थोपा संगालेर घैटो भरिन्छनि बुवा ।’ भन्दै रितेस खेल्न गयो ।

‘आज मन सारै आत्तिएको छ तेरा बा अझैसम्म घर आएनन, जा त रितेस, रिताका बा पनि संगै शहर गएका थिए । उनी आए कि आएनन ? केहि खवर आयो कि, सोधेर आइज त ।’ रितेसकी आमाले सुस्केरा हाल्दै भनिन् ।

एकछिनमा गाउँले जम्मा भए नराम्रो खवर आयो शहर गएका रिता र रितेसका बुवाको बस दुर्घटनामा मृत्यु भएछ ।

गाउँ घरमा रुवावासी भयो । सबैभन्दा बढी पीडा रिता र रितेसका परिवारलाई भयो कमाउनी मान्छे नै नरहे पछी परिवार बिचल्लीमा परे ।

दुइचार महिनापछि रीतालाई लिएर उनकी आमा माइत गइन् । गाह्रो–सारो पर्दा छोरीको साहारा भन्नु नै माइतीघर हुने गर्दछ ।

चर्खा घुमे जस्तै समय बितेर गयो । अहिले रिता चार बच्चाकी आमा बनेकी थिइन् । अभावका कारण पढ्न सकिनन् र अज्ञानताका कारण बर्षैपिच्छे सन्तान जन्माउने मेसिनको रुपमा आफुलाई खडा गरिन् । कमजोरीका कारण असाध्यै बिरामी परिरहने रिता यसपटक शहरबाट नयाँ डाक्टर गाउँमा आएको सुनेर जचाउन गइन् ।

निशुल्क स्वास्थ्य सिविर रहेछ । खुसी हुँदै डाक्टर भएको क्याविनमा पसिन् । उनी छक्क परिन् डाक्टर अरु कोहि नभएर बचपनको साथि रितेस रहेछ । रितेसलाई देख्नासाथ चिनिन् । तर, रितेसले रीतालाई चिन्न सकेन । लामो समयको अन्तरालमा भेट भएको थियो । उनी दुःखले गर्दा उमेर भन्दा बढी बुढी देखिन्थिन् । रिताले आफ्नो परिचय दिँदै सोधिन् । ‘रितेस हाम्रो परिवारको बिचल्ली पछी म मामाघर गए । तिमि कसरी आज डाक्टर बन्यौ ? आखिर बिचल्लीमा त हाम्रो दुवै परिवार परेको थियो नि ?’

‘बस न रिता कुर्सिमा । म सबै कुरा विस्तारमा भन्नेछु यतिका बर्षपछी बाल्यकालको साथि भेटेर सारै मन खुशी भएको छ ।’ भन्दै कुर्सि अगाडि अगाडी सारिदियो रितेसले ।

‘बुवाले आफु प्रस्ताबक बसेर वचत र सुरक्षाको लागि मेरो जीवन बिमा गरिदिनु भएको रहेछ । बुवाको दुर्घटनामा मृत्यु भएपछी मलाइ बिमा गरे बापत आउने सेवा सुविधाले मेरो भरण पोषण र उच्च शिक्षासम्म अध्ययन गराउनको लागि मेरो आमालाई कुनै आथिर्क अभाव झेल्नु परेन । जसले गर्दा आज म डाक्टर बनेर आफ्नै गाउँ समाजको सेवा गर्ने अवसर पाए ।’

रितेसका कुरा सुनेर रिताका आखाँ रसाए । मनमनै सोचिन् ‘रितेसका बुवाले जस्तै मेरो बुवाले पनि आफु प्रस्तापक बसी मेरो जीवन बिमा गराई दिनुभएको भए म पनि रितेस जस्तै धेरै पढेर आत्मनिर्भर बन्ने थिए होला ? तर के गर्नु दुखै दुखको सांगरमा डुब्न लेखेको रहेछ आर्थिक अभावले गर्दा पढन् पनि पाइनँ । सानैमा बिहे गरिदिए । विरोध गर्ने चेतना पलाएन । जब बुझ्ने भए पश्चातापको आगोमा जल्दैछु ।’ भन्दै सारीको सप्कोले आसुँ पुछीन रिताले । रितेसले उनको स्वास्थ परिक्षण गरि औषधि दियो । रिताले धन्यवाद फर्काइन र फेरि भेट्ने बाचा सहित बाहिर निस्किन ।

 

वि.सं.२०८० जेठ २७ शनिवार ०९:०० मा प्रकाशित

NLIC AD
NABIL bank AD
कविता : आत्मनिर्भर देवचूलीको, सभ्यता छ विशाल

कविता : आत्मनिर्भर देवचूलीको, सभ्यता छ विशाल

फर्शुराम भूर्तेल, पैयुँ ५, पर्वत (हाल देवचुली-१५, नवलपुर)  सुन्दर भूमि...

हे मातृभूमि..गजल श्रव्यदृश्य सार्वजिनक

हे मातृभूमि..गजल श्रव्यदृश्य सार्वजिनक

काठमाडौँ । नेपाली साहित्य परिषद्को आयोजनामा कविशिरोमणि लेखनाथ पौड्यालद्वारा रचित...

कविता : लिङ्ग

कविता : लिङ्ग

अर्जुन वेदना राई, इलाम ‘बालिका बलात्कारपछि हत्या’ सृष्टिको अभिन्न अङ्ग...

गजल

गजल

लक्ष्मी प्रसाद फुयाल मोरङ पथरी, शनिश्चरे पत्थर हुँदैछ यो दिल...

कविता : एक मुट्ठी जिन्दगी

कविता : एक मुट्ठी जिन्दगी

निरूविन्दु परियार, कालेबुङ, भारत निद्राबाट बिउँझिना साथ एक अञ्जुली सपना...

कोपिला

कोपिला

गणेश लोहनी, काठमाडौं १. पिलिएर पाक्न थाल्यो घाउ जिन्दगीको आफ्नै...