back
CTIZAN AD

लघुकथा : इमान

वि.सं.२०८० जेठ २७ शनिवार

1.2K 

shares

मित्र ‘उराठी’ गौतम
अमरपुर गुल्मी हाल तिलोत्तमा–२,रुपन्देही

‘लौ न, बित्यासै पार्यो मोराले ! अब के गर्ने ?’, हडबडाउँदै बोले उनी ।

विशेष कार्यक्रमको लागि कार्यालयको प्रतिनिधित्व गरेर काठमाण्डौ आएका थिए काशीनाथ ।

टाई सूटमा चट्ट सजिएका उनी फोहर जुत्ताले आफैलाई गिज्जाएको महसुस गरे । त्यसैले होटलबाट निस्किएपछि दायाँबायाँ हेर्दै हिँडेका थिए। सुन्धारानिर बाटो छेउमै भेटे जुत्ता पालिस गर्नेवाला ।

जुत्ता फुकालेर पालिस गर्न दिए । पालिस गरुञ्जेलको लागि पालिसवालाले दिएका थोत्रा चप्पल अप्ठ्यारो मान्दै लगाए । उभिएर धरहरा हेर्दै एकोहोरो टोलाइरहेका थिए ।

पालिसवालाले एक्कासी सब सामान पोको पारेर दौडियो । उनको जुत्ता पनि छाडेन ।

ऊ यति छिटो भाग्यो कि काशीनाथले त्यसको भेउ पाउनै सकेनन् ।

यताउता नजर दौडाए तर ऊ अलप भै सकेको थियो ।

एकैछिनमा आफू नजिकै नगर प्रहरी देखे । अनि मात्र पालिसवाला भाग्नुको कारण थाहा पाए ।

काशीनाथ अधिर बने । कार्यक्रममा पुग्न ढिला भै सकेको थियो । यता जुत्ता हरायो । अब कसो गर्ने ? चिटचिट पसिना आयो उनलाई ।

’नजिकै कतै जुत्ता पसल छ कि ? किन्नु त पर्यो, अरु उपाय के छ र ?’, सोच्दै केही कदम हिँडेका मात्र के थिए टुप्लुक्क देखा पर्यो पालिसवाला ।

‘धत् यस्तो पनि गर्ने हो ? कमसेकम मेरो जुत्ता त छोडेर भाग्नु पर्थ्यो।यहाँ आफूलाई कत्रो तनाव भो ?’, पालिसवालालाई हपारे उनले ।
‘के गर्ने हजुर, रोजिरोटीको वात छ । यी पुलिसवालाले हामी गरिब आदमीको गरि खान दिन्न ।’, उसले निरिहता प्रकट गर्यो ।

वि.सं.२०८० जेठ २७ शनिवार ०८:५२ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...