back
CTIZAN AD

लघुकथा : सल्लाह

वि.सं.२०८० जेठ २७ शनिवार

1.2K 

shares

रन्जना पराजुली लम्साल
बुद्धनगर, काठमाडौँ

‘कता हिँडिस् हौं बिर्खे ? देखेर पनि नदेखेझैँ ।’

झोक्रीएर निउरी पर्दै हिँडेको बिर्खे झस्कदै , ‘ए, माल्दाइ पो ।’

‘मुख पनि न्याउरो छ । कहिले पसल बन्द नगर्ने केटो । सन्चो त छस् ?’

‘खोइ माल्दाइ, सन्चो भनु कि बिसन्चो ।’

‘के भो भन्न, भनेपो थाहा हुन्छ ।’

जागीरे माल्दाइ, गाउँका सानादेखि ठुला सबैले माल्दाइ भनेर बोलाउथे । आफू जाती भएर सबैको भलो चिताउने माल्दाइ सर–सल्लाह दिन पछि पर्दैनथे । लगभग सत्तरी– पचहत्तर घर भएको गाउँमा अन्य पसलसङ्गै खाद्य पसल चाहिँ बिर्खेको मात्रै थियो । सकेसम्म सबै चिज पाइने भएपनि कुनै चिज नपाए अलिकति हिँडेर पल्लो गाउँ जानुपथ्र्यो ।

माल्दाइले निकैबेर केरकार गरेपछि ‘दाइ, म त डुब्ने भए । पसलले डुबाउन लाग्यो ।’

‘के भन्छ, पसल त राम्रै चलेको देख्छु त !’

‘चलेको छ दाइ, नचलेको होइन तर …।’

‘तर के ?’, बिचैमा माल्दाइको प्रश्न ।

‘व्याजमा ऋृण काढेर सामान भर्यो, सबै उधारो लान्छन् । पैसा माग्दा भोलि भोलि भन्दै आउनै छोडी पल्लो गाउँ धाउछन् अनि म डुबिन ।’

‘ए ! उधारो पाए भिड लाग्ने । खाएपछि पैसा तिर्न नजान्ने । यो मान्छेको जात साच्चिकै नहुने । नआत्ती बिर्खे, म एउटा सल्लाह दिन्छु ।’

‘कस्तो सल्लाह ? भन्नुन’, हतारियो बिर्खे ।

‘सुन् बिर्खे ! आफ्नो पैसा माग्न अप्ठ्यारो नमानि घरमै जा । मीठो बोलिले अलिअलि गर्दै दिनु भनेपछि कसो नदेलान् ।’

‘फेरि उधारो लगिहाल्छन् अनि जस्ताको तस्तै ।’

‘कति आत्तेको, अझ भन्न बाकी नै छ । त्यसपछि उठेको पैसाले टन्न सामान भरेर सुपथ मूल्यमा बेच पल्लो गाउँको भन्दा सस्तो तर घाटा चाहिँ नपर्नेगरि । अनि सुन् अझै महत्वपूर्ण कुरा ।’

‘के कुरा दाइ ?’

‘भित्तामा “आज नगद भोलि उधारो ’ लेखेर झुण्ड्याउनचाही नबिर्सी नि !

वि.सं.२०८० जेठ २७ शनिवार ०८:४९ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...