डा.ठाकुर मोहन श्रेष्ठ, काठमाडौं
१.
समाजमा भ्रष्टाचार, वेथिति मौलाएका छन्
राष्ट्रियता स्वाधीनता जल जमिन जनता वेचेर कौडीमा
माफिया सरकार, विचौलिया बौलाएका छन्
२.
बाहिरी खेलमा बाटो बिराएर हाँसे देशमा
द्वन्द रची नेपालीका रगतका आहालमा होली खेलेर
संस्कृति पहिचान र परम्परा मासे देशमा
३.
सलामी गुलामी मलामी आरोप हटाउ जुटेर
अचेत कानुन अन्धो न्याय स्वार्थ लपेटिएर सबै अंगमा
राज्यशक्ति जाग ठूलामाछा जेल पठाउ जुटेर
४.
संस्कृति प्रकृतिकी धनी औधी कमाल नेपाल
शिव–वुद्व–किरात ज्ञान भण्डार छ तर दरिद्री सोच नेताको
बाह्य झेल बुझी युवा मिलेर सम्हाल नेपाल
५.
अस्थिरता अन्याय असुरक्षा भ्रष्टाचार हटाऔं
जागौं भ्रष्ट राष्ट्रघाती दलालको पञ्जाबाट देश बचाउन
लम्कि दीगोशान्ति विकासमा लोकाचार हटाऔ
वि.सं.२०८० जेठ २७ शनिवार ०८:३९ मा प्रकाशित






























