back
CTIZAN AD

हङ्कङमा रहेका तनहुँवासीले गरे मुठीदानबाट शिक्षा, स्वास्थ्य र खानेपानीमा सहयोग

वि.सं.२०८० जेठ २९ सोमवार

807 

shares

तनहुँ । हङ्कङमा रहेका तनहुँवासीको मुठीदानबाटै यहाँकोे शिक्षा, स्वास्थ्य र खानेपानीका क्षेत्रमा हालसम्म करिब रु ६० लाख खर्च भइसकेको छ ।

हङ्कङमा रहेका तनहुँवासी सङ्गठित भई २०५६ सालमा ‘तनहुँ सेवा समाज हङ्कङ’ स्थापना गरेपछि यहाँको सामाजिक तथा परोपकारी काममा आर्थिक सहयोग हुँदै आएको हो । यस संस्थाले हालसम्म तनहुँमा करिब ६० लाख खर्च गरिसकेको उक्त संस्थाका पूर्वअध्यक्ष भीमराज गुरुङले बताए ।

उक्त रकम जुटाउन सो संस्थामा आवद्ध ५७ जनाको मुठीदान नै मुख्य रहेको उहाँले जानकारी दिनुभयो । आफूहरुले २०७० सालमा हङ्कङमा बाराही साँझ नाम दिएर सांस्कृतिक कार्यक्रम गरेपछि बचत भएको करिब रु पाँच लाखबाट समाज सेवा अभियान थालिएको अध्यक्ष गुरुङको भनाइ थियो ।

“हामीले करिब १० वर्षको अवधिमा तनहुँमा मात्रै करिब रु ५५÷६० लाख खर्च गरिसकेका रहेछौंँ,” पूर्वअध्यक्ष गुरुङले भने, “समाज सेवाबाट पाइने हौसला र आत्मसन्तुष्टिले नै यतिका काम गर्न सकेका हौँ ।समाजले तनहुँको छाब्दी बाराही र ढोर बाराही मन्दिरमा करिब रु २५\२५ हजारको एक÷एकवटा घण्टा राखेर समाज सेवा थालेको थियो ।”

थप्रेक, क्यामिन कोटथोक र सारडाँडा भीमाद खानेपानी योजनाका लागि करिब रु एघार लाख, भूकम्पले क्षति पुगेका एक मदरसा र २३ विद्यालयलाई रु १३ लाख, जिल्लामा बहुअपाङ्गता भएका १० विद्यालयका विद्यार्थीलाई लत्ताकपडाको लागि सात वर्षसम्म आर्थिक सहयोग, २०७२ सालको भूकम्पको बेला प्रधानमन्त्री राहत कोषमा रु तीन लाख ५० हजार, कोरानाको महामारीमा जिल्लाको दसवटै पालिकामा रु १५÷१५ हजार बराबरको पञ्जा र सेनिटाइजर, व्यास १० मा बन्दै गरेको कोभिड अस्पताललाई रु एक लाख ५० हजार, पत्रकार महासङ्घ नेपाल तनहुँ शाखा भवन निर्माणका लागि रु ७० हजार उपलब्ध गराइएको थियो ।

यसैगरी आठ मिर्गाैलापीडित, एक मुटु रोगी, एक करेन्टले हात गुमाएका व्यक्ति, पहिरोमा घर बगाएको एक परिवार र एक क्यान्सर पीडित गरी १२ जनालाई करिब रु १५ लाख उपलब्ध गराउनाका साथै ग्रामीण विकासमा कलम चलाउने सात मोफसलका पत्रकारलाई पुरस्कारस्वरुप रु ७० हजार गरी करिब रु ६० लाख खर्च गरिएको थियो ।

समाज सेवामा आफूहरु अग्रसर भएपछि तनहुँवासीको हेर्ने दृष्टिकोण समेत सकारात्मक भएको आफूले पाएको उनले बताए । गत वैशाखदेखि रक्त क्यान्सरले थलिएर महँगो उपचार गराउँदै आएको आफूलाई रकम अभाव भएपछि उक्त समाजमार्फत उपचारको लागि रु तीन लाख ७५ हजार प्राप्त भएकोले हौसला मिलेको भानु १३ पोखरीछापकी ४३ वर्षीया जमुना गुरुङले बताए ।

हङ्कङमा रहेका तनहुँवासी सङ्गठित भई तनहुँको विकास, खानेपानी, शिक्षा र स्वास्थ्यको क्षेत्रमा खटिनुले सकारात्मक सन्देश प्रवाह भएको तनहुँ समाज हङ्कङका जनसम्पर्क संयोजक प्रदीप काफ्लेले बताए । अन्य देशमा रहेका तनहुँवासीले समेत तनहुँ समाज हङ्कङको अनुकरण गरे तनहुँको विकासमा टेवापुग्ने उनको भनाइ थियो । आफूहरु जन्मिएको क्षेत्रको विकासमा टेवा पु¥याउने उद्देश्यले सहयोगमा जुटेको उक्त समाज हङ्कङका अध्यक्ष तेज गुरुङले बताए ।

 

वि.सं.२०८० जेठ २९ सोमवार २०:२७ मा प्रकाशित

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को संरक्षकको जिम्मेवारीमा जनार्दन शर्मा...

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ऊर्जा...

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

काठमाडौं। प्लास्टिक सर्जरी तथा पुनर्निर्माणात्मक उपचारमा कृत्रिम बुद्धिमत्ता (एआई) र...

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्ने...

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

काठमाडौं । खाना पकाउने एलपी ग्यासको चरम अभाव भइरहेका बेला...

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्व...