काठमाडौं । स्किन केयरमा प्रख्यात ब्राण्ड प्यारासुट स्किनप्योर फेसवाशले प्यारासुट स्किनप्योर ब्राइटनिङ गोटमिल्क फेसवाश सार्वजनिक गरेको छ । कम्पनीले नयाँ ‘गोटमिल्क फेसवाश’ले घाम र प्रदूषणबाट छालामा हुने असरलाई जोगाउने दाबी गरेको छ ।
बाख्राको दूध मिसिएको यो क्रिमले छालालाई मुलायम, चम्किलो र स्वस्थ बनाउने कम्पनीको दाबी छ । कम्पनीले प्राकृतिक विधिबाट छाला चम्किलो हुने दाबी गरेको छ । प्यारासुट स्किनप्योरले छाला सफा गर्ने मात्र नभएर छालालाई उज्यालो र पुनर्ताजगी गर्ने दाबी गरिएको छ ।
बाख्राको दूध लामो समयदेखि छाला हेरचाहमा आफ्नो असाधारण गुणहरूको लागि जानिन्छ । अत्यावश्यक पोषक तत्व, भिटामिन र खनिजले भरिपूर्ण बाख्राको दूध छालालाई मोइस्चराइज गर्न, स्वच्छ राख्न र निको पार्न परिचित छ । प्यारासुट स्किनप्योरले फेसवाश बनाउनको लागि बाख्राको दूधको पौष्टिक गुणहरूलाई प्रयोग गरेको छ ।
वि.सं.२०८० जेठ ३२ बिहीवार १२:२० मा प्रकाशित






























