काठमाडौं । एनआरएनए सेसेल्सको समन्वयमा दक्षिण अफ्रीकाबाट सेसेल्स आएको कन्सुलर सेवा सिविर आज १४ जुनमा समापन भएकोछ ।
सेसेल्समा कार्यरत नेपालीहरुका लागि १२ जुन २०२३ मा राजधानी भिक्टोरिया माहे र १३ जुन दोस्रो ठुलो टापु प्रास्लिनमा सम्पन्न गरिएको छ ।
उक्त सिविर सोमबार १२ जुन बिहानदेखि नै संचालनका लागि माहेमा अन्तिम तयारी गरिए पनि पासपोर्ट नवीकरणका लागि ल्याएको मोबाइल किटमा समस्या देखिएपछि स्थानीय समय अनुसार ११ बजेदेखि सुरु गरेर बिहान ९ः३० बजे सम्म सेवा प्रदान गरिएको थियो ।
दूतावासबाट उपस्थित कर्मचारी राहादानी नवीकरण सेवा र एनआरएनए सेसेल्सका पदाधिकारी तथा स्वंसेवकहरु उक्त सिविर व्यबस्थापनमा चौविसै घण्टा खटेका थिए ।
सिविरबाट सेसेल्समा रहेका नेपालीहरुमा माहे टापुबाट १३४ जना प्रास्लिन टापुबाट ३१ जना लादिग टापुबाट ४ जना र फिलेसिते टापुबाट १ जना सेसेलस नजिकै रहेको अर्को देश मौरिसिएस्बाट १ जना गरि जम्मा १७१ जनाले विद्युतीय राहादानी नवीकरण सेवा लिएका थिए ।
परराष्ट्र मन्त्रालय राहदानी बिभागको २०७९/०७/२३ को परिपत्रलाई सुचित गर्दै नेपाली दुतावास दक्षिण अफ्रीकाले जारी गरेको सुचना अनुसार यन्त्रवाचक राहदानी एमआरपीको बुकलेट विभागमा नरहेको र अब विधुतीय राहदानी मात्र नवीकरण हुने र उक्त राहदानीका लागि भौतिक रुपमा सम्बन्धित व्यक्ति दूतावासमा उपस्थित हुनेपर्ने वा नेपाल फर्केपछि मात्र उक्त नवीकरण सम्भव हुने सूचना जारी गरेपछि सेसेल्समै रहेर राहदानी नवीकरण गर्नुपर्ने अवस्थामा रहेका नेपालीहरु तरंगित बनेका थिए ।
उक्त समस्यालाई मध्यनजर गर्दै समस्या हलका लागि एनआरएन सेसेल्सले निरन्तर दुतावाससंग समन्वय गर्दै आएको थियो । अन्तत दुतावासले उक्त सिविरको आयोजना गरेपछि एनआरएनएले सम्पूर्ण समन्वय र व्यबस्थापनको काम गर्दै सिविर सफल भएको थियो ।
सिविरमा राहादानी नवीकरणको समस्या लिएर आएका सबै नेपालीहरुले मोबाइल किटले ढिला काम गरेका कारण लामो समय पर्खिनु परेपनि सेसेल्समै लिने अवसर प्राप्त गरेकोमा खुसी व्यक्त गर्दै दुतावास र एनआरएनए सेसेल्सलाई धन्यवाद दिएका थिए ।
सिविरमा उपस्थित भएर सेवा लिने सबै नेपालीहरुलाई, सम्पूर्ण समन्वय र व्यबस्थापन गरि सिविर सहजीकरण गर्न एनआरएनए सेसेल्स परिवारले खेलेको भूमिकाप्रति धन्यवाद दिदै काउन्सुलर ज्ञान बहादुर मगर र सहचारी विष्णु प्रसाद ढकालले दुतावासको घुम्ती सिविर पहिलो रहेको हुनाले शिविर व्यवस्थापना प्राविधिक कठिनाई आएपनि आगामी दिनमा सहज बनाउने बताएका थिए ।
एनआरएनए सेसेल्सका अध्यक्ष मनोज विकले प्राबिधिक असहजतालाई सरलरुपमा स्वीकार गरि लामो प्रतीक्षा गरेर सेवा लिनेहरु, शिविरमा सेवाका लागि अहोरात्र खाटिएका दुतावासका प्रतिनिधिहरु, दक्षिण अफ्रिकाका लागि नेपाली राजदुत दान बहादुर तामांङ, व्यबस्थापनमा खटिएका एनआरएनए सेसेल्सका सम्पूर्ण पदाधिकारीहरु, स्वंयमसेवकहरु, क्षेत्रीय महिला संयोजक खेसेना लिम्बु सहजीकरण र समन्वय गरिदिने एनआरएनए आइसीसी अफ्रीका उप–संयोजक आरपी पन्त लगायतमा सिविरमा प्रत्यक्ष÷ अप्रत्यक्ष सहयोग गर्नेहरुमा धन्यवाद ज्ञापन गरेका छन् ।
वि.सं.२०८० जेठ ३२ बिहीवार १२:१५ मा प्रकाशित






























