back
CTIZAN AD

सेयर बजारमा झिनो अंकको बृद्धि, कारोबार रकम भने घट्यो

वि.सं.२०८० जेठ ३२ बिहीवार

810 

shares

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा झिनो अंकको बृद्धि भएको छ । बिहीबार पाँच अंकले बजार बढ्दै सेयर बजार २०४२.०७ को बिन्दुमा पुगेको छ ।

बजार बढेको भएपनि यसअघिको तुलनामा बिहीबार कारोबार रकम भने घट्न पुग्यो । बिहीबार ७८ लाख ९६ हजार ४७८ कित्ताको किनबेच हुँदा कारोबार रकम तीन अर्ब १६ करोड २८ लाख रुपैयाँमा मात्रै सीमित रह्यो । यसअघि बुधबार कारोबार रकम पाँच अर्ब एक करोड बढी थियो ।

बजार बढेको भएपनि बिहीबार अधिकांश उपसमूहको मूल्यमा भने गिरावट आएको छ । कारोबार भएका २२३ कम्पनीमध्ये १३९ कम्पनीको मूल्य घटेको छ भने ७५ कम्पनीको मूल्य बढेको छ । बिहीबार नौ कम्पनीको मूल्य भने स्थिर रह्यो ।

यसअघिका दिनमा जस्तै बिहीबार पनि सिवम सिमेन्टको कारोबार रकम सबैभन्दा बढी रह्यो । शिवमसँगै सोल्टी होटल लिमिटेड, नेपाल लाइफ इन्स्युरेन्स, आइएमइ जनरल इन्स्युरेनसलगायतको कारोबार रकम उच्च रह्यो ।

साताको अन्तिम कारोबार दिन सिटि होटल र अभियान लघुवित्तको मूल्यमा नौ प्रतिशतभन्दा बढीको बृद्धि भएको छ ।

वि.सं.२०८० जेठ ३२ बिहीवार १५:२१ मा प्रकाशित

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को संरक्षकको जिम्मेवारीमा जनार्दन शर्मा...

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ऊर्जा...

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

काठमाडौं। प्लास्टिक सर्जरी तथा पुनर्निर्माणात्मक उपचारमा कृत्रिम बुद्धिमत्ता (एआई) र...

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्ने...

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

काठमाडौं । खाना पकाउने एलपी ग्यासको चरम अभाव भइरहेका बेला...

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्व...