back
CTIZAN AD

घोराही सिमेन्टको आईपीओ चलखेल : यी हुन् फर्जी आवेदन दिने व्यक्ति

वि.सं.२०८० असार ६ बुधवार

1K 

shares

काठमाडौं । घोराही सिमेन्ट उद्योगको आईपीओमा फर्जी निवेदन दिने १२ जनाको नाम सार्वजनिक भएको छ । आइपिओमा लगानीकर्ताहरुको आकर्षण देखाउने प्रयास स्वरुप फर्जी आवेदन दिनेहरुको नाम सार्वजनिक भएको हो ।

बताइएअनुसार खातामा रकम नभई १० लाख कित्ताको दरमा आवेदन दिनेहरुमा गोरखाकी सावित्रा पराजुली, रुपन्देहीकी लक्ष्मी घिमिरे, मोरङकी मुना खत्री र चितवनकी मनोज पाठक, सुनसरीका मिथिलेशकुमार मेहता, दोलखाका नवीन खत्री, ललितपुरका अनिल राना, पर्वतकी रञ्जना ढकाल पौडेल र काठमाडौंकी सुमित्रा बम रहेका छन् ।

फर्जी आवेदन दिएर लगानीकर्ता लोभ्याउने गरी आइपिओमा चलखेल भएपछि धितोपत्र बोर्डले सोमबार नै आइपिओ तत्कालका लागि स्थगन गरेको थियो ।

कम्पनीले प्रिमियम मूल्यमा प्रतिसेयर ४३५ रुपैयाँका दरले सर्वसाधारणका लागि ६९ लाख ११ हजार ६७० कित्ता सेयर निष्कासन गरेको थियो । जसमा सोमबारसम्म ४३ करोड ३५ लाख रुपैयाँबराबरको आवेदन परेको थियो । जसमध्यये १ करोड २० लाख कित्ता फर्जी आवेदन परेको पाइएको छ ।

वि.सं.२०८० असार ६ बुधवार १२:५४ मा प्रकाशित

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

काठमाडौँ । सानिमा बैंक लिमिटेडले आफ्नो संस्थापक शेयरधनी सुधिर कुमार...

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पछिल्ला १० दिनमा...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज...