back
CTIZAN AD

२० बिघाभन्दा बढी क्षेत्रमा खेती गर्ने किसानलाई अनुदानमा ट्र्याक्टर वितरण

वि.सं.२०८० असार ६ बुधवार

843 

shares

मध्यविन्दु । नवलपरासी बर्दघाट सुस्तापूर्वको मध्यविन्दु नगरपालिकाले किसान समूह र सहकारीलाई ५० प्रतिशत अनुदानमा ट्र्याक्टर हस्तान्तरण गरेको छ ।

चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रमअनुसार २० बिघाभन्दा बढी क्षेत्रमा खेती गर्ने किसान समूह र कृषि सहकारीलाई अनुदानमा ट्र्याक्टर हस्तान्तरण गरेको मध्यविन्दु नगरपालिकाका नगर प्रमुख भीमलाल अधिकारीले बताए।

मध्यविन्दु– ७ को आत्मनिर्भर कृषि सहकारी संस्था लिमिटेड र मध्यविन्दु–१५ को कोलकट्टा किसान समूहलाई ट्र्याक्टर हस्तान्तरण गरिएको हो । ट्र्याक्टरलाई आवश्यक रोडाभेटर र हलो पनि हस्तान्तरण गरिएको छ । ट्र्याक्टर खरिदमा नगरपालिका र समूहले रु सात लाख १३ हजार पाँच सयका दरले खर्च गरेको कृषि विकास शाखा मध्यविन्दुका कृषि अधिकृत अक्षय वाग्लेले बताए ।

मुख्य कृषि बाली धान रोप्ने समयमा नगरपालिकाले दिएको अनुदानले सहकारीमा आवद्ध र छिमेकी स्थानीय किसान लाभान्वित हुने आत्मनिर्भर कृषि सहकारी संस्थाका अध्यक्ष दीपक पङ्गेनीले बताए ।

“नगरपालिका कृषि जोन तथा पकेट क्षेत्रका स्थानीय किसानलाई लक्षित गरी कृषि एम्बुलेन्स कार्यक्रम सञ्चालनको अन्तिम चरणमा छ”, नगर प्रमुख अधिकारीले भने । किसानले उत्पादन गरेको कृषि उत्पादन स्थानीय सङ्कलन केन्द्र र केन्द्रबाट बजारसम्म पठाउन सहजता ल्याउन कृषि एम्बुलेन्स प्रदान गर्ने गरी योजना निर्माण गरेर कार्यान्वयनको चरणमा रहेका उनले बताए ।
रा स स

वि.सं.२०८० असार ६ बुधवार १४:५४ मा प्रकाशित

सिक्टा नहरको पानीले किसानलाई राहत, धमाधम रोपाइ गर्दै

सिक्टा नहरको पानीले किसानलाई राहत, धमाधम रोपाइ गर्दै

रुपनी जिएम, जानकी (बाँके)। पर्याप्त वर्षा नहुँदा पनि सिक्टा सिँचाइ आयोजनाबाट...

अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा

अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा

घोराही (दाङ) । लमही नगरपालिकाले पछिल्लो समय अत्यधिक गर्मी बढेपछि...

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

नवलपुरको देवचुली नगरपालिकाको १८औँ नगरसभा अधिवेशन सम्पन्न भएको छ। नगर...

लुम्बिनी प्रदेशको बजेट : यी हुन् प्राथमिकताका क्षेत्र

लुम्बिनी प्रदेशको बजेट : यी हुन् प्राथमिकताका क्षेत्र

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले प्रदेशको शिक्षा र सामाजिक विकासका...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

लुम्बिनीको बजेट सोमबार

लुम्बिनीको बजेट सोमबार

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ को...