back
CTIZAN AD

पार्टी एकता टुंग्याउने गरी छलफलमा जुटे प्रचण्ड र विप्लव

वि.सं.२०८० असार ७ बिहीवार

885 

shares

काठमाडौं । समाजवादी मोर्चा गठनसँगै नेकपा (माओवादी केन्द्र) र नेपाल कम्युनिष्ट पार्टीबीच पार्टी एकता टुंग्याउने गरी छलफल सुरु भएको छ । बिहीबार प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच एकतालाई टुंग्याउने गरी छलफलमा जुटेका थिए ।

प्रचण्डका प्रेस सल्लाहकार मनहरि तिमिल्सनाले जानकारी दिएअनुुसार बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताबीच एकतालाई छिट्टै टुंग्याउने गरी छलफल भएको छ । छलफल निकै सकारात्मक भएको उनले बताए ।

माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पूर्वमाओवादीहरुबीच एकता गर्ने पहलमा छन् । उनले विप्लवलाई माओवादी केन्द्रमा भित्र्याउनका निम्ति लामै समयदेखि छलफल गर्दै आएका थिए । महराको मध्यस्तकर्तापछि प्रचण्ड र विप्लव एक्लाएक्लै छलफलमा जुटेका हुन् ।

बताइएअनुसार विप्लवलाई पार्टी महासचिवको जिम्मेवारीसमेत दिएर भित्र्याउने तयारी भएको छ । पार्टी एकताका विषयमा सहमत भएका दुई पार्टीबीच नेताहरुको व्यवस्थापनको विषय मात्रै टुंग्याउन बाँकी छ ।

वि.सं.२०८० असार ७ बिहीवार १३:२२ मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

काठमाडौं । राहदानी विभागमा हाल करिब एक महिनालाई मात्र पुग्ने...

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति...