महेश दाहाल, दोहा । प्रवासी तामाङ समाज कतारको आयोजनामा सम्पन्न हुन गइरहेको डम्फु साँझ २०२३ लाई भब्य ढङ्गले सफल बनाउन चर्चित गायक उर्गेन दोङ सहित सेलो गायक बैरागी मोक्तान र म्हेन्दो माया गायिका सबिना तामाङ कतार आइपुगेका छन् ।
तामाङ समाजका पदाधिकारिहरुले काठमाडौमा बिदाइ गरेर पठाएका कलाकारहरुलाइ दोहा एयरपोर्टमा प्रवासी तामाङ समाज कतारका अध्यक्ष सुवास तामाङ लगायत पदाधिकारिहरुले भब्य स्वागत गरेका थिए ।
आयोजक सँस्थाको निमन्त्रणामा बुधबार बिहान गायक बैरागी मोक्तान र गायिका सबिना तामाङ कतार आइपुगेका थिए भने गायक उर्गेन दोङ गत राती कतार आइपुगेका हुन नेपालबाट कलाकारहरु कतार आइपुगे सगै डम्फु साझको प्रचारप्रसार तिब्र पारिएको छ ।
आयोजक सस्थाको मातहतमा रहेको शैक्षिक बिकास कोषको प्रबर्द्धन तथा मौलिक बाजा डम्फुको संरक्षण गर्ने उद्धेश्य सहित कार्यक्रम आयोजना गरिएको हुनाले कतारमा विभिन्न पेशा ब्याबसायमा आवद्ध भएर रहेका सबै नेपालीहरुलाइ उपस्थित हुन सस्थाका उपाध्यक्ष अस्मिता तामाङले आव्हान गरेकी छन् । कार्यक्रम आगामी शुक्रबार २३ जुनमा कतारको प्रसिद्ध रिजेन्सी हलमा हुनेछ ।
कार्यक्रममा सहभागी हुन आउने दर्शक तथा शुभचिन्तकहरुको सहजताका लागि आयोजकले यातायातको ब्याबस्था गरेको छ सस्थाको आधिकारिक फेसबुक पेजमा रुट र सम्पर्क ब्याक्तिको मोबाइल नम्बर उपलब्ध छ । साथै कार्यक्रमको टिकट कतारमा स्थापित प्राय नेपाली रेष्टुरेन्टहरुमा पाइने आयोजकले बताएको छ अहिले टिकट लिन नसकेका दर्शहरुलाई लक्षित गर्दै कार्यक्रमस्थलमा पनि आयोजकले सहज ढङ्गले आवश्यक टिकट उपलब्ध गराउनेछ ।
कार्यक्रममा नेपालदेखि आएका कलाकारहरुको साथमा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती रहने भएकोले डम्फु साझ पुर्णरुपले सङ्गितमय बन्ने पक्का भएको छ ।
कार्यक्रमस्थलमा विभिन्न पुस्तकहरुको स्टल पनि राखिने भएको छ दर्शकहरुले आफुलाइ मन परेको पुस्तक सहज ढङ्गले लिन सक्ने आयोजकले जनाएको छ ।
वि.सं.२०८० असार ७ बिहीवार १३:३२ मा प्रकाशित






























