back
CTIZAN AD

पालिकाभित्रका मुख्य-मुख्य सडकको हेरचाह गर्नका लागि हेरालु परिचालन

वि.सं.२०८० असार ७ बिहीवार

762 

shares

गोरखा । गोरखाको भीमसेन थापा गाउँपालिकाले बर्खायामका समयमा पालिकाभित्रका मुख्यमुख्य ग्रामीण सडक सुचारु राख्न सडक हेरालु नियुक्त गरी परिचालन गरेको छ । गाउँपालिकाले पालिकाभित्रका एउटा वडामा कम्ती एक जना पर्नेगरी १० जना सडक हेरालु छनोट गरी अभिमुखीकरण प्रदान गरिइएको छ । सडक मर्मतसम्हार र हेरचाहका लागि हेरालु परिचालन गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चित्रबहादुर अधिकारीले जानकारी दिए ।

बर्खा लागेसँगै सडकमा बग्ने भल तथा ससाना पहिरा समयमा नै नियन्त्रण गर्न नसक्दा पछि बढी क्षति हुने गरेकाले समयमै भल तथा पहिरा व्यवस्थापन गरी मुख्यमुख्य ग्रामीण सडक मर्मतसंहार गर्नसके निर्माण भइसकेका सडक पूर्वाधारका क्षति न्यूनीकरण गर्न सकिने भएकाले सडक हेरालु भर्ना गरेर परिचालन गरेको उनले बताए ।

“गाउँपालिकाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममै सडक स्याहारसंहार तथा मर्मतका लागि सडक हेरालु नियुक्त गरेर परिचालन गर्ने नीति लिएको थियो, उनले भने , “अन्य बेलाभन्दा पनि बर्खायामको समयमा सडक हेरालुको आवश्यकता बढी पर्ने भएकाले पहिलो पटक चार महिनाका लागि नियुक्ति दिएर उनीहरुलाई काममा खटाएका छौँ ।”

नियुक्त भएका सडक हेरालुले वडा कार्यालय र वडाको प्राविधिकको निगरानी र निर्देशनमा वडाभित्रमा मुख्यमुख्य सडकमा नियमित यातायात सञ्चालन गर्नेगरी काम गर्ने उनले बताए । उनीहरुको मुख्य गरी नाला सरसफाइ गर्ने, खाल्डाखुल्डी पुर्ने, भल कटाउने सडकमा पानी बग्न नदिने, झाडी तथा झारपात हटाउने, सडक अतिक्रमणबाट जोगाउनेलगायतका काम गर्ने प्रशासकीय अधिकृत अधिकारीले जानकारी दिए ।

“सानातिना भलपानी र पहिरोले भत्काएका सडक समयमा मर्मत गर्न नसक्दा सडकमा धेरै क्षति हुने गरेको छ”, उनले भने, “यसले विकासमा थप भार पर्ने मात्र नभई लामो समयसम्म सडक पनि अवरुद्ध हुने अवस्था आउने गरेकाले यो वर्षदेखि पालिकाभित्रका मुख्य सडक बिग्रनेबित्तिकै बनाउने गरी सडक हेरालु परिचालन गरेका छौँ ।”

“सडक हेरालुलाई सडक मर्मतसंभारमा प्रयोग हुने सामग्री गाडा, बेल्चा, गैँची, कोदाली, घन, जावेल, कराई, टेपलगायतका आवश्यक सामग्री उपलब्ध गराएको छ”, उहाँले भन्नुभयो, “यसबाहेक सडक हेरालुको सुरक्षाका लागि आवश्यकपर्ने सेफ्टी हेल्मेट, ज्याकेट, सेफ्टी बुट र पञ्जा सामग्री पनि हस्तान्तरण गरिएको छ ।”

सडक हेरालुको कामको गाउँपालिका र वडाले अनुगमनको व्यवस्था पनि मिलाएको प्रमुख प्रशासकीय अधिकृत अधिकारीले बताए । गाउँपालिकाले छनोटमा परेका सबैलाई तालिम तथा अभिमुखीकरण प्रदान गरी नियुक्त पत्र दिएर काममा खटाइएको उनले जानकारी दिए । पालिकाभित्रका सबै मुख्य सडकसमेत कच्ची भएकाले हरेक वर्ष बर्खा लागेसँगै भलबाढीले सडकमा क्षति पुग्ने र बर्खाभरि नै अवरुद्ध हुनेहुँदा नागरिकले हरेक वर्ष सास्ती खेप्दै आउनुपरेको छ । file photo

वि.सं.२०८० असार ७ बिहीवार १३:२१ मा प्रकाशित

कावासोती खानेपानीको सचिवमा रमाकान्त काफ्लेको उम्मेदवारी घोषणा

कावासोती खानेपानीको सचिवमा रमाकान्त काफ्लेको उम्मेदवारी घोषणा

कावासोती । कावासोती खानेपानी तथा सरसफाइ संस्थाको आगामी निर्वाचनका लागि...

प्रदूषित हावा हटाउन आठ अर्ब ७१ करोडको परियोजना

प्रदूषित हावा हटाउन आठ अर्ब ७१ करोडको परियोजना

प्रगति ढकाल, काठमाडौँ । सरकारले प्रदूषित हावा हटाएर स्वच्छ वातावरण...

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी, यी हुन् अन्य निर्वाचित

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी, यी हुन् अन्य निर्वाचित

कास्की । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गण्डकी प्रदेश समिति...

स्वतन्त्र ऊर्जा उत्पादक संघमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

स्वतन्त्र ऊर्जा उत्पादक संघमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ...

आजको मौसम विवरण यी प्रदेशमा भारी वर्षाको सम्भावना !

आजको मौसम विवरण यी प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय...

विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६ को तेस्रो खेलमा घरेलु टोली...