back
CTIZAN AD

टस जितेर वेस्ट इन्डिजविरुद्ध फिल्डिङ गर्दै नेपाल

वि.सं.२०८० असार ७ बिहीवार

750 

shares

काठमाडाैँ। आइसिसी एक दिवसीय विश्वकप छनोटको आफनो तेस्रो खेलमा नेपालले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ । जिम्बावेको हरारे स्पोर्ट्स क्लबमा नेपाली टोलीका कप्तान रोहित पौडेलले टस जितेपछि पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

यससँगै अब वेस्ट इन्डिजसले पहिला ब्याटिङ गर्नेछ । आज उत्कृष्ट मनोबलका साथ नेपालले वेस्ट इन्डिजविरुद्ध खेल्नेछ । नेपालले आफनो क्रिकेट इतिहासको पहिलो पटक विश्वकप विजेता वेस्ट इन्डिजसँग खेल्दैछ । कुनै पनि खेलमा नेपालले वेस्ट इन्डिजसँग पहिलो पटक खेल्न लागेको हो ।

समूहको शीर्ष तीनमा रहँदै सुपर सिक्समा पुग्नका लागि पनि नेपाललाई आजको खेल जित्नैपर्ने दबाब छ । समूह ‘ए’ को पहिलो खेलमा घरेलु टोली जिम्बाब्वेसँग आठ विकेटले पराजित भएको नेपालले दोस्रो खेलमा अमेरिकामाथि छ विकेटको जित हात पारेको थियो ।

यता वेस्ट इन्डिजले भने पहिलो खेलमा अमेरिकालाई ३९ रनले पराजित गरेको थियो । वेस्ट इन्डिजले समूहको आज दोस्रो खेल खेल्दैछ । एकदिवसीय वरियतामा वेस्ट इन्डिज १०औँ स्थानमा छ भने नेपाल १४औँ स्थानमा छ । यसैगरी समूह ‘ए’ को जिम्बावे चार अङ्क जोड्दै अङ्क तालिकाको शीर्ष स्थानमा छ । त्यस्तै वेस्ट इन्डिज अङ्क तालिकाको दोस्रो स्थानमा रहँदा नेपाल तेस्रो स्थानमा छ । वेस्ट इन्डिज र नेपालले समान दुई अङ्क जोड्ेका छन् । त्यस्तै अमेरिका चौथो स्थानमा छ भने नेदरल्यान्ड्स पाँचाँै स्थानमा छ ।

उक्त प्रतियोगिताको समूह ‘बी’मा संयुक्त अरब इरिमेट्स (युएई), श्रीलङ्का, ओमान, आयरल्यान्ड र स्कटल्यान्ड रहेका छन् । सुपर सिक्समा दुवै समूहका शीर्ष तीन–तीन टोलीले स्थान बनाउने छन् । सुपर सिक्सबाट शीर्ष दुई स्थानभित्र रहने टोलीले फाइनल खेल्दै आगामी अक्टोबर–नोभेम्बरमा भारतमा आयोजना हुने आइसिसी एकदिवसी विश्वकप क्रिकेट खेल्न पाउनेछन् ।

नेपालको प्लेइङ ११ मा आसिफ शेख, कुशल भुर्तेल, भीम सार्की, रोहित पौडेल, कुशल मल्ल, आरिफ शेख, दीपन्द्रसिंह ऐरी, गुलशन झा, करण केसी, सन्दिप लामिछाने र ललित नारायण राजवंशी छन् ।

 

वि.सं.२०८० असार ७ बिहीवार १३:०१ मा प्रकाशित

काठमाडौं महानगरले ७ क्लस्टरमा विभाजन गरी फोहोर व्यवस्थापन गर्ने

काठमाडौं महानगरले ७ क्लस्टरमा विभाजन गरी फोहोर व्यवस्थापन गर्ने

  काठमाडौं । फोहोर नि:शुल्क, सशुल्क, न्यूनीकरण, सिर्जनात्मक पुन: चक्रीय...

लुम्बिनीको बजेट सोमबार

लुम्बिनीको बजेट सोमबार

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ को...

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

वासिङ्टन  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ८०औँ जन्मदिनलाई असामान्य...

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको १९औँ नगर अधिवेशनले आगामी आर्थिक वर्ष...

अल्लोबाट आत्मनिर्भर बन्दै रुमका महिला

अल्लोबाट आत्मनिर्भर बन्दै रुमका महिला

म्याग्दी । जिल्लाको मालिका गाउँपालिका–२ रुमका महिलाले जङ्गलमा खेर जाने...

पर्सामा एक सय किलो गाँजा पक्राउ

पर्सामा एक सय किलो गाँजा पक्राउ

काठमाडौैँ । जिल्ला प्रहरी कार्यालय पर्सा र सशस्त्र प्रहरी बल...