back
CTIZAN AD

रास्वपाको कार्यालयमा पुगेर बाबुरामले भने– २०८४ पछि नयाँ दलको सरकार बन्छ

वि.सं.२०८० असार ७ बिहीवार

1.1K 

shares

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले २०८४ को निर्वाचनबाट नयाँ दलको सरकार बन्ने दाबी गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी स्थापना दिवसको अवसरमा आयोजना गरेको चियापानका कार्यक्रममा उनले यस्तो दाबी गरेका हुन् ।

भट्टराईले नयाँ एजेण्डा र विचारसहितका पार्टी चाहिन्छ भनेर आफूले पहल गरेको बताउँदै उनले रास्वपा उदाएकोमा खुसी व्यक्त गरे ।

भट्टराईले ०८४ को चुनावबाट पुराना शक्ति नआउने दाबी गरे । उनले भने, “०८४ मा चुनावमा नेपालमा नयाँ दलले नेतृत्व गरेको सरकार बन्छ, को हुन्छ म भन्दिनँ ।”

भट्टराईले समाज पछाडि नफर्कने भन्दै नयाँ शक्तिको उदय अनिवार्य भएको बताए ।

उनले अगाडि भने, “नयाँ भनेको अग्रगमन हो, पछाडि फर्किन होइन, नयाँ शक्तिको विकल्प छैन । संघीय लोकतान्त्रिक गणतन्त्रको जगमा टेकेर देशलाई सुशासनतर्फ लिएर जान जान सकोस् भन्ने आम नेपालीको चाहना छ ।”

वि.सं.२०८० असार ७ बिहीवार १७:२१ मा प्रकाशित

काठमाडौँ उपत्यकामा अहिलेसम्मकै  धेरै ग्यास बिक्री

काठमाडौँ उपत्यकामा अहिलेसम्मकै  धेरै ग्यास बिक्री

काठमाडौँ ।  देशभर उल्लेख्य मात्रामा खाना पकाउने एलपी ग्यास बिक्रीवितरण...

विद्युतीय ऊर्जाको प्रयोग बढाउन महानगरको प्रोत्साहन अभियान 

विद्युतीय ऊर्जाको प्रयोग बढाउन महानगरको प्रोत्साहन अभियान 

कास्की ।  पोखरा महानगरपालिकाले विद्युतीय ऊर्जाको प्रयोग बढाउने उद्देश्यका साथ...

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

काठमाडौं । नेपाल सरकारले मानव अधिकारको संरक्षण र संवर्द्धनमा उल्लेखनीय...

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सप्तरी । सप्तरीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु...

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत प्राप्त...

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

काठमाडौँ । वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई...