back
CTIZAN AD

दुई लाख राशिको अरनिको अन्तर्राष्ट्रिय पुरस्कारका लागि कृति आह्वान

वि.सं.२०८० असार ७ बिहीवार

882 

shares

काठमाडौं । गैरआवासीय नेपाली सङ्घको भाषा, साहित्य समितिले सन् २०२३ का लागि अरनिको अन्तर्राष्ट्रिय पुरस्कारका लागि कृति आह्वान गरेको छ ।

नेपाली भाषा, साहित्य र संस्कृतिको अन्तर्राष्ट्रिय रुपमा जगेर्ना एवम् प्रवर्धन गर्न तथा प्रवासमा रहेर नेपाली वाङ्मयका क्षेत्रमा क्रियाशील सर्जकहरुलाई उत्प्रेरणा दिँदै उनीहरुको योगदानको कदरका लागि सन् २०२१ देखि वितरण गर्दै आइरहेको उक्त  दुई लाख राशीको पुरस्कार २०२३ का लागि कृति आव्हान गरिएको हो ।

समितिका अनुसार उक्त पुरस्कारका लागि गैरआवासीय नेपाली सङ्घको विधानले ’गैरआवासीय नेपाली’ भनेर परिभाषित गरे बमोजिम प्रवासमा रहेका नेपाली लेखकहरुद्वारा लिखित नेपाली वाङ्मयका कुनै पनि विधाका कृतिहरु यस पुरस्कारका लागि योग्य हुनेछन् ।

त्यस्तै यस वर्ष (सन् २०२३) को पुरस्कारका लागि वि.सं २०७९ सालभरिमा प्रकाशित कृतिहरुमात्र पुरस्कारका लागि समावेश गरिनेछन् भने लेखक, प्रकाशक वा लेखकको स्वीकृतिमा शुभचिन्तक समेतले प्रकाशित कृति (तीन प्रति) पठाउन सक्ने छन् ।

त्यसैगरी प्रकाशित कृतिहरु यसै वर्षको अगस्त महिनाको अन्त्यसम्म पुरस्कार व्यवस्थापन समितिमा प्राप्त हुने गरी निम्न ठेगानाहरुमध्ये कुनै एकमा पठाइसक्नु पर्ने तथा समिति आफैंले पनि कृतिहरु सङ्कलन गर्न सक्नेछ ।
पुरस्कृत कृतिको घोषणा सेप्टेम्बर र पुरस्कार हस्तान्तरण कार्यक्रम अक्टोबर महिनामा आयोजना गरिनेछ ।

वि.सं.२०८० असार ७ बिहीवार १७:१६ मा प्रकाशित

हाइलाइफका नेपाली उत्पादनको टोकियोमा औपचारिक शुभारम्भ

हाइलाइफका नेपाली उत्पादनको टोकियोमा औपचारिक शुभारम्भ

नेपालमा उत्पादित हाइलाइफ फूड्सका विभिन्न खाद्य उत्पादन जापानको बजारमा औपचारिक...

जनसम्पर्क समिति अमेरिकाले १२ वर्षपछि पायो नयाँ नेतृत्व, सभापतिमा मुनिन्द्र नेम्वाङ विजयी

जनसम्पर्क समिति अमेरिकाले १२ वर्षपछि पायो नयाँ नेतृत्व, सभापतिमा मुनिन्द्र नेम्वाङ विजयी

अमेरिका । नेपाली कांग्रेसको प्रवासस्थित संगठन नेपाली जनसम्पर्क समिति अमेरिकाको...

नेजस क्यानाडाको एकता अधिवेशन आयोजना गर्ने निर्णय

नेजस क्यानाडाको एकता अधिवेशन आयोजना गर्ने निर्णय

क्यानाडा । नेपाली काँग्रेसको प्रवासस्थित भातृ संंगठन नेपाली जनसम्पर्क समिति...

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

टोरन्टो । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले नेपाली डायस्पोराका केही...

अमेरिकामा रहेका समाजसेवी केशवराम राईलाई मातृशोक

अमेरिकामा रहेका समाजसेवी केशवराम राईलाई मातृशोक

अमेरिका । अमेरिकाको न्युर्योकमा रहेर नेपाल नेपालीको सेवामा निरन्तर लागि...

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्स । सेसेल्समा कार्यरत नेपाली समुदायले स्वाथ्य सेवामा विशेष सहुलियत...