back
CTIZAN AD

माओवादीसँग एकता गर्न तयार छाैं भन्दै गंगानारायणले भने– औपचारिक जवाफ कुर्दै छाैं

वि.सं.२०८० असार ७ बिहीवार

960 

shares

काठमाडाैं । नेपाल समाजवादी पार्टी (नेसपा)का नेता एवम् बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले नेकपा (माओवादी केन्द्र) र नेसपाबीच एकताका लागि पटक–पटक वार्ता गरी आधार प्रस्तावसमेत प्रस्तुत गरिसकेको बताएका छन् । पत्रकारसँगको भेटघाटमा उनले पार्टीले पठाएको आधार प्रस्तावबारे माओवादीको औपचारिक जवाफको प्रतिक्षामा रहेको जानकारी दिए ।

“माओवादी पक्षले पार्टीको आगामी बैठकबाट औपचारिकरुपमा तपाईहरुलाई जवाफ दिन्छाैं भन्नुभएको छ, त्यो कहिले आउँछ भन्ने प्रतिक्षामा हामी छौँ”, नेता श्रेष्ठले भने, “जवाफ आइसकेपछि त्यसका आधारमा पार्टी एकतासम्बन्धी ठोस् निर्णय गरेर अघि बढछौँ ।”

पार्टी एकताको प्रक्रिया अघि बढिसकेकाले अहिले गठन भएको मोर्चाले चुनौती खडा गर्छ कि भन्ने शंका नगर्न आग्रह गर्दै प्रदेश मन्त्री श्रेष्ठले एकताको प्रक्रिया भिन्न कोर्स भएकाले कुनै अन्योल नरहेको प्रतिक्रिया दिए ।

उनले भने,“पार्टी एकता भन्नासाथ सिद्धान्त, दर्शन, कार्यदिशा, राजनीतिक कार्यक्रम, सङ्गठन, नेतृत्व प्रणालीलगायतका विषय हाम्रो तर्फबाट लिखित अवधारणा दिएका छौँ । वार्ता समिति बनाएर, पटक–पटक वार्ता गरेर नेसपाको तर्फबाट लिखितरुपमा एकताका निम्ति आधार प्रस्ताव प्रस्तुत गरिएको हो ।”

हालै गठन भएको समाजावादी मोर्चाले समाजवादको आधार निर्माणको निम्ति काम गर्छ कि गर्दैन भनेर जनताले नजिकबाट हेरिरहेको बताउँदै मन्त्री श्रेष्ठले भन्नुभयो,“ मोर्चा अहिलेकै सरकार टिकाउनका निम्ति मात्रै प्रयोग भएमा मुलुक र जनताका निम्ति सुखद रहन्न ।”

यसैबीच, उनले प्रदेशको आन्तरिक मामिला मन्त्रालय मातहतको प्रेस रजिष्टारको कार्यालयले हालसम्म एक हजार पाँच सय ८७ जना सञ्चारकर्मीको दुर्घटना बीमा र आठ सयभन्दा बढी पत्रकारलाई परिचयपत्र उपलब्ध गराएको बताए ।

पत्रकारलाई सामाजिक सुरक्षा कोषमा जोड्ने हेतुले यस आर्थिक वर्ष रु ५० लाख विनियोजन गरिएको तथा पत्रकारको क्षमता वृद्धिका लागि प्रदेश सरकारले विभिन्न शीर्षका तालिम प्रशिक्षण गर्दैआएको उनले जानकारी दिए ।

सञ्चारकर्मीलाई उपचार र यातायातमा सहयोग र सुविधाका लागि गृहकार्य भइरहेको जानकारी दिँदै मन्त्री श्रेष्ठले हेटौँडामा सञ्चारग्राम निर्माण र सूचना बैंकको स्थापना गर्न बजेटको व्यवस्थापन गरिएको जानकारी दिए । विज्ञापनका क्षेत्रमा विचौलियाको प्रभाव रोक्न विभिन्न प्रयास भइरहेको उनले बताए ।

वि.सं.२०८० असार ७ बिहीवार १७:०४ मा प्रकाशित

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को संरक्षकको जिम्मेवारीमा जनार्दन शर्मा...

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ऊर्जा...

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

काठमाडौं। प्लास्टिक सर्जरी तथा पुनर्निर्माणात्मक उपचारमा कृत्रिम बुद्धिमत्ता (एआई) र...

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्ने...

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

काठमाडौं । खाना पकाउने एलपी ग्यासको चरम अभाव भइरहेका बेला...

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्व...