back
CTIZAN AD

सुदूरपश्चिम प्रदेशका कानुनमन्त्रीको कार दुर्घटनामा मृत्यु प्रकरण : छानविनका लागि समिति गठन

वि.सं.२०८० असार ७ बिहीवार

984 

shares

काठमाडौं । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंह दम्पत्ती सवार गाडी दुर्घटनाको मृत्यु प्रकरणको विषयमा छानविन गर्न सुदूरपश्मि सरकारले छानविन समिति गठन गरेको छ ।

बिहीबार बसेको सुदूरपश्चिम सरकारको मन्त्रिपरिषद्को बैठकले मन्त्रीसहित तीनजनाको ज्यान जाने गरी भएको उक्त दुर्घटनाको छानविन गर्न मन्त्रिपरिषद् कार्यालयका सचिव गंगाबहादखुर खरेलको नेतृत्वमा सात सदस्यीय समिति गठन गरेको हो ।

समितिको सदस्यहरुमा प्रहरी वरीष्ठ उपरीक्षक, नेपाल प्रहरी, प्रदेश कार्यालय, शसस्त्र प्रहरी वरिष्ठ उपरीक्षक, सशस्त्र प्रहरी बल, नेपाल, नं ७ बाहिनी, नवराज ओझा, उपसचिव (प्रशासन), मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, टेक बहादुर थापा, उपन्यायाधिवक्ता, मुख्य न्यायाधिवक्ताको कार्यालय, मेकानिकल इन्जिनियर, यातायात व्यवस्था कार्यालयका विष्ष्णुदत्त अवस्थी, शाखा अधिकृत (कानुन), आन्तरिक मामिला तथा कानुन मन्त्रालय रहेका छन् ।
उक्त समितिल घटनाको सत्य तथ्य अनुसन्धान गरी १५ दिनभित्रमा प्रदेश सरकार समक्ष प्रतिवेदन पेश गर्नुपर्ने बताइएको छ ।
असार ५ गते बझाङको केदारेस्यु गाउँपालिका वडा नं १ जुवालीखेत देउरामा कार दुर्घटनामा परी मन्त्री सिंह, उनकी धम्र्रपत्नी अमृतादेवी सिंह र भाउजु जयाँदेवी सिंहको मृत्यु हुनुका साथै सुरक्षागार्ड दिपक भण्डारी र चालक धर्मराज जोशी घाईते भएका थिए ।
घाईतेहरुको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन ।

वि.सं.२०८० असार ७ बिहीवार १७:३८ मा प्रकाशित

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को संरक्षकको जिम्मेवारीमा जनार्दन शर्मा...

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ऊर्जा...

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

काठमाडौं। प्लास्टिक सर्जरी तथा पुनर्निर्माणात्मक उपचारमा कृत्रिम बुद्धिमत्ता (एआई) र...

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्ने...

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

काठमाडौं । खाना पकाउने एलपी ग्यासको चरम अभाव भइरहेका बेला...

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्व...