back
CTIZAN AD

पाँच मुक्तक

वि.सं.२०८० असार ९ शनिवार

1.7K 

shares

अनिल भण्डारी ‘उदाश’, अछाम


बदलाको सोच नबोक एकदिन सकिनु पर्छ
तिमी यादगर धेरै उम्लिए पछि पोखिनु पर्छ
को बुझाउला तिमीलाई यत्ति कुरा जिवनमा
उचाईमा पुगेको बादलले अवस्य बर्षिनु पर्छ


जब एकान्तमा विगत सम्झन्छु तिमी नबोल्दा
एक्लै बरबराउछु के के भन्छु तिमी नबोल्दा
तिमी विना पनि म जिउन सक्छु कसरी भनौ
एकैछिनमा जिउँदो लास बन्छु तिमी नबोल्दा


मेरा चाहाना पूरागर्ने चारधाम तिमी हौ
गर्मीको शितल जाडोको घाम तिमी हौ
तिमीलाई भेटेपछि सपना देख्न छोडे
हजारौं सपनाको पुर्णविराम तिमी हौ


म एकदिन पक्कै बदला लिन्छु ख्याल गर
इटको जबाफ पत्थरले दिन्छु ख्याल गर
ठिकै छ ,तिमीले मलाई गुलेलीले हिर्कायौ
तिमीलाई हिर्काउन बन्दुक किन्छु ख्याल गर


तिम्रा पीडा अनि तिम्रा बेचैन मैले लिनु प¥यो
सोचेँं ! भए भरको खुसी तिमीलाई दिनु प¥यो
तिमी जीवनमा फिक्का आकृति बनेर आयौ
तिमीमा रंङ्ग भर्दाभर्दै मैले आफु रित्तिनु प¥यो

 

 

वि.सं.२०८० असार ९ शनिवार ०७:३७ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...