back
CTIZAN AD

कविता : एउटा तारा जमीनमा

वि.सं.२०८० असार ९ शनिवार

1.4K 

shares

निरूविन्दु, जल्ढक्का कालेबुङ्, भारत

सत्यले जब कलियुगको कोखमा
गर्भधारण गर्छ ।
तब जन्मिन्छ, एकजना शिष्ट र प्रवर्तक आत्मा

कैंयौं जीवात्मा सङ्ग्रह गरी निर्माण गर्दो हो
’दयाशील हृदय’ शताब्दीहरूले,

जीउनलाई सय वर्ष होइन
दुई दिन नै काफी छ
अपितु –
तिम्रो कर्म सय वर्षसम्म याद गरोस् दुनियाँले

कुनै महात्माले भनेका छन्
‘प्रार्थना गर्ने ओंठ भन्दा सेवा गर्ने हात ठूलो!’

त्यसैले उनी भन्ने गर्छिन् ‘दान नै धर्म हो !’

यहाँ त मानिस,
मनको ब्याङ्क खाली पारेर
तिजोरी भर्दैछन्

आफू उभिएको ठाऊँबाट
खोई किन हो कुन्नी,
अनौंठो दौड् देख्छ सेवाभावलाई

तर, उ
ब्याङ्क ब्यालेन्स होइन
दिन दुःखीहरूबाट संकलित
आशिर्वादहरू सङ्ग्रह गर्दैछिन्

कुनै कविले लेखेका छन्
‘खाली हात आएथ्यौ र खाली हात जानेछौं
धन सम्पति आफन्त छोडी धर्म पूण्य लानेछौं ।’

यो बेला, देशले शिर ठड्याएको छ
र रमाएको छ मठ् – मन्दिर र धर्मस्थलहरू
नाचेको छ झरना, नदी र प्रकृतिहरू
र बाँचेको छ यहाँको माटो अनि धरती

हे युग !
तिमीले असंख्य गिभिनाहरू जन्माउनु छ
र उच्च राख्नु छ जातीको नाऊँ

गिभिना !
तिमीले खोल्नु छ एउटा कारखाना
अनि, निर्माण गर्नु छ थुप्रै – थुप्रै मानवताहरू

हरेक आमाका कोखहरूले
गिभिनालाई गर्भ राखुन्
हरेक गर्भवती कोखहरूले
गिभिनाहरू जन्म दिउन्

यो बेला, देशले शिर ठड्याएको छ
र रमाएको छ मठ् – मन्दिर र धर्मस्थलहरू
नाचेको छ झरना, नदी र प्रकृतिहरू
र बाँचेको छ यहाँको माटो अनि धरती

आज धेरै दिन पछि सागरमाथा हाँसेको छ !

हरेक मन – मुटुको धड्कन् हौ तिमी
चारै युगले जन्माएकी छोरी हौ तिमी

तिमी गि – गिरिशृङ्ग !
तिमी भि – भिषक् !
तिमी ना – नायिका !

निःसङ्कोच तिमी नेपाली ‘मदर टेरेसा’ !!

 

वि.सं.२०८० असार ९ शनिवार ०७:३४ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...