back
CTIZAN AD

कविता : मेरो सफलता

वि.सं.२०८० असार ९ शनिवार

1.4K 

shares

प्रेमलकुमार खनाल, काठमाडौं

अरु आन्दोलनमा हिंडे
अरुले संगठन बनाए
सिद्धान्तको प्रचार गरे
तर
म आन्दोलनमा हिँडिनँ
किनकि त्यो आन्दोलन निक्कै जोखिमपूर्ण थियोे
मैले सिद्धान्त भन्दा पनि
मैले दुखः कष्ट गरेर षड्यन्त्रको अध्ययन गरे

आन्दोलनबाट परिवर्तन भयो
परिवर्तन पछि पनि अर्को आन्दोलन गर्ने भन्दैछन्
नीति, विचार र सिद्धान्तको कुरा गर्दैछन
तर परिवर्तन पछि म नै नेता भए
नेता पनि निर्विकल्प जस्तो भएको छु,

अहिले त्यहीँ मैले अध्ययन गरेको
षड्यन्त्रको विधाले नै
देश दुनियाँलाई हिडाइ रहेको छ,
म नै सबै थोक भएको छु,
जहाँ गए नि
म संग सेल्फी फोटो खिच्नेहरुको वरिपरि भीड लाग्दछ,
एयरपोर्टमा फूलका माला र खादा सहित
रिसिभ गर्न आउनेहरुको ताती लाग्दछ
एयरपोर्टबाट गन्तव्यमा जाँंदा पनि
दर्जनौं गाडीहरुले अगाडि पछाडिबाट स्कर्टिङ गर्दा
अर्कै मजा आउदछ,
यहीँ हो मेरो सफलता
जब म स्टेजमा उभिएर बोल्न थाल्दछु
तालीको गडगडाहट आवाज शुरुआत भइ हाल्दछ,
तर मेरा विरोधी हरुलाई डाहा लाग्दछ
मैले पाएको ताली प्रति
मैले पाएको स्वागत,सत्कार प्रति
मैले ताली बजाउन भनेको पनि होइन
फुल माला र गाडीका लस्कर लिएर
आउन भनेको पनि होइन
अनि मलाई डाहा गर्ने ?
आफन्तहरुको मन जित्न सक्नु पर्दछ,
सकेको बेला उनीहरूलाई सहयोग गरि दिनुपर्छ,
ठेक्का लाइसेन्स दिलाइ दिनुपर्छ
टिकट र राजनीतिक नियुक्ति दिनु पर्दछ
विकासका योजना पारिदिनु पर्छ
ती सबै आफ्ना भइ हाल्दछन
मैले यसरी नै सफलता प्राप्त गरेको छु,

वि.सं.२०८० असार ९ शनिवार ०७:३२ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...